+
+
Shares

प्रधानाध्यापकको सेवा सुविधाबारे विधेयकमा स्पष्ट लेखिनुपर्छ : रेखा शर्मा

विधेयकमा नेपाल सरकारका राष्ट्रसेवक कर्मचारीहरुको सबैभन्दा माथिल्लो तहका कर्मचारीले पाउने सेवा सुविधा सरहको सुविधा प्रधानाध्यापकले पाउने भनेर विधेयकमा उल्लेख गरिनुपर्ने सांसद शर्माको भनाइ छ । 

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ५ गते ११:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले विद्यालय शिक्षा विधेयक, २०८० मा प्रधानाध्यापकको सेवा सुविधा स्पष्ट उल्लेख गर्नुपर्ने बताएकी छन्।
  • सांसद शर्माले प्रधानाध्यापकको सेवा सुविधा नेपाल सरकारका राष्ट्रसेवक कर्मचारीहरुको सबैभन्दा माथिल्लो तहको सुविधा सरह हुनुपर्ने र विधेयकमा यसलाई उल्लेख गर्नुपर्ने भनिन्।
  • सांसद शर्माले प्रधानाध्यापकलाई महासंघमा आवद्ध हुन नदिने कुरामा समर्थन जनाएकी छन्।

५ भदाै, काठमाडाैं । नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले प्रधानाध्यापकको सेवा सुविधाबारे विधेयकमा स्पष्ट रुपमा लेखिनुपर्ने बताएकी छन् ।

बिहीबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले प्रधानाध्यापकको विषय प्रदेशमा राखेर छनौट गर्नेकुरा राम्रो  हुने धारणा राखिन् । बिहीबार विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धी समितिको प्रतिवेदन पारित गर्ने उद्देश्यका साथ छलफल भइरहेको छ ।

विधेयकमा नेपाल सरकारका राष्ट्रसेवक कर्मचारीहरुको सबैभन्दा माथिल्लो तहका कर्मचारीले पाउने सेवा सुविधा सरहको सुविधा प्रधानाध्यापकले पाउने भनेर विधेयकमा उल्लेख गरिनुपर्ने सांसद शर्माको भनाइ छ ।

उनले भनिन्, ‘प्रधानाध्यापकको जुन विषय छ । यसलाई प्रदेशको डालोमा हामीले हाल्यौं । प्रदेशबाट छनौट गर्ने, शिक्षक सेवा आयोगले परीक्षा लिएर शिक्षकहरुको उम्मेदवारको सूचि तयार गर्ने, स्थानीय तहले वितरण गर्ने भन्नेकुरा ठिक छ । हुँदाहुँदै पनि प्रधानाध्यापकको थप सेवा सुविधा उल्लेख गर्न सकेनौं ।’

‘यसमा हामीले तोकेबमोजिम हुनेछ त भन्यौं । तर तोकेबमोजिम हुनेछ भन्दा तीन सय, पाँच सय रुपैयाँ दिएर प्रधानाध्यापकलाई जसरी ब्युटिफुल बनाउन खोज्दैछौं, त्यसले उद्देश्य हाम्रो पूर्ति हुँदैन । यति पैसा भनेर त विधेयकमा नलेखिएला तर पनि यो खालको सुविधा दिइनेछ भनेर लेख्न सकिन्छ,’ ;सांसद शर्माले भनिन् ।

प्रधानाध्यापकमा रहुन्जेल नेपाल सरकारका राष्ट्रसेवक कर्मचारीहरुको सबैभन्दा माथिल्लो तह कुन हो ? त्यो तहको सेवा सुविधा दिइनेछ भन्ने विषय भएपनि कतै उल्लेख गर्नुपर्छ ।’

सांसद शर्माले प्रधानाध्यापकलाई महासंघमा आवद्ध हुन नदिने कुरामा समर्थन जनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?