
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले विद्यालय शिक्षा विधेयक आजै पास गर्न आग्रह गरिन्।
- उनीहरूले बिहानै विधेयक टार्ने प्रयास भएको जानकारी पाएर खेद व्यक्त गरिन् र प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनलाइन वार्ता गर्न चाहिन्।
- सांसद शर्माले राति १२ बजेसम्म बैठक बस्न र विधेयक पास गर्न आग्रह गरेकी छन्।
१६ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले आजै राति १२ बजेसम्म बैठक बसेर भए पनि विद्यालय शिक्षा विधेयक पास गर्नुपर्ने बताएकी छिन् ।
उनले बिहानै विधेयक टार्ने प्रयास हुँदै गरेको सूचना पाएको र दिउँसोसम्म त्यो विषय पुष्टि भएको भन्दै खेद व्यक्त गरिन् ।
‘बिहानै सुनेँ विधेयक टर्दै छ रे ! बिहान सुनेको कुरा सत्य लाग्दा दु:ख लागेको छ,’ उनले भनिन्, ‘सयका सय हुन सक्दैन ।’
उनले स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्नुपर्ने भए पनि गर्न आग्रह गरिन् ।
‘विद्यालय शिक्षालाई केही न केही डिपार्चर हुनेगरी सोचेका छौं । एक घन्टा अझै ब्रेक गरौं,’ सांसद शर्माले भनिन्, ‘अहिले यत्रो अनलाइन छ, प्रधानमन्त्रीज्यूसँग अनलाइन कन्ट्याक्ट गरौं ।’
उनले दलबाट पनि आफूहरूलाई पास गर्ने दबाब भएको भन्दै आग्रह गरिन् ।
‘राति १२ बजेसम्म बसेर भए पनि टुंगो लगाऔं । बैठक स्थगित नगर्नुस् । आजै पास गरौं,’ उनले भनेकी छिन् ।
प्रतिपक्षी दलहरू अहिले नै पास गर्न तयार रहेको भन्दै उनले बैठक स्थगित नगर्न आग्रह गरिन् ।
प्रतिक्रिया 4