+
+
Shares

निजी विद्यालयलाई सांसद लिम्बूको प्रश्न- करोडौं चन्दा दिन सक्ने, ५ विद्यार्थीलाई निःशुल्क पढाउन खुट्टा कमाउने ?

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ५ गते १२:४१

५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सांसद डिगबहादुर लिम्बूले करोडौँ रुपैयाँ चन्दा दिन तयार हुने निजी क्षेत्र पाँच जना विद्यार्थीलाई निःशुल्क पढाउनुपर्छ भन्दा खुट्टा कमाउने कुरा राम्रो नभएको बताएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

विद्यालय शिक्षा विधेयक सम्बन्धी समितिको प्रतिवेदनमाथि छलफलमा उनले अहिले आएको विद्यालय शिक्षा विधेयक प्रगतिशील रहेको बताए ।

उनले यसमा कोकोहोला गरिरहन जरुरी नरहेको बताए । उनले सरकार निजी विद्यालयको घाँटी समात्ने गरी अघि नबढेको स्पष्ट पारे । नेताहरू एउटै निर्णयमा अडिग रहन नसक्दा पनि समस्या आइरहेको उनको भनाइ छ ।

‘चन्दा दिने बेलामा करोडौँ दिन तयार हुने निजी क्षेत्रका साथीहरू हामीलाई थाहा छ, पाँच जना विद्यार्थीलाई निःशुल्क पढाउने कुरामा खुट्टै कमाउनुपर्छ भन्नेकुरा होइन नि !,’ उनले भने ।

सांसद लिम्बूले निजी क्षेत्रलाई विश्वासमा लिएर उत्तरदायी बनाउने कुरामा सरकारले काम गरिरहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?