+
+
Shares
विद्यालय शिक्षा विधेयक :

सबैलाई खुसी पार्न सकिँदैन, आजै पास गरौं : डिगबहादुर लिम्बू

सोमबार शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा बोल्दै कांग्रेस सांसद लिम्बुले देशभरीका शिक्षकलाई खुसी बनाएर जान नसक्‍ने बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १६ गते १६:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कांग्रेस सांसद डिगबहादुर लिम्बुले विद्यालय शिक्षा विधेयक आजै पास गर्न आग्रह गरे।
  • उनले भने, 'यो विधेयक अब छलफलमा आउँदैन, त्यसकारण आजै सक्नुपर्छ।'
  • सांसदले ६०/४० मा अडिग रहेको र विधेयक फिर्ता वा अध्यादेश ल्याउन माग गरे।

१६ असार, काठमाडौं। कांग्रेस सांसद डिगबहादुर लिम्बुले विद्यालय शिक्षा विधेयकमा सबैलाई खुसी बनाएर जान नसक्‍ने भन्‍दै आजै पास गर्नु पर्ने  बताएका छन् ।

सोमबार शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा बोल्दै कांग्रेस सांसद लिम्बुले देशभरीका शिक्षकलाई खुसी बनाएर जान नसक्‍ने बताएका हुन् ।

उनले भने, ‘देशैभरिकालाई खुसी भएर जान सकिँदैन। शिक्षा मन्त्री ज्‍यू र प्रमुख सचेतक श्याम घिमिरे ज्‍यूले समय माग्नु भएको छ। शिक्षकसँग भएको ९ बुँदे सहमति अहिले आएर २७ बुँदे भएको छ । ७५/२५ गरौ भन्ने आएको छ ।’

उनका अनुसार विद्यालय शिक्षा विधेयकबारे छलफल गर्न उपसमितिमा ६०/४० को स्थिति भएको छ । ‘ यो विधेयक नआउने हो कि भन्ने भएको छ। हामी कसैको दास होइनौं ८ बजेदेखि पर्खेर बसेको, ‘ उनले भने, ‘अब यसबारेमा गम्भीरतापूर्वक सोच्नुपर्छ । दलीय स्वार्थभन्दा माथि उठ्नु पर्छ ।’

उनले शिक्षामन्त्री लचिलो हुनु केही कारण भएको भन्‍दै बैठक कहिलेसम्म रोक्‍ने भन्‍दै प्रश्‍न गरे । उनले भने, ‘बैठक रोक्ने हो भने कहिलेसम्म रोक्ने ? कार्यक्षेत्रमा जानू छ ।’

उनले अब यो विधेयकमा छलफलमा नआउने भन्‍दै आजै सक्नुपर्ने बताए। ‘यो विधेयक अब छलफलमा आउँदैन, त्‍यसकारण आजै सक्‍नुपर्छ।’

उनले आफू ६०/४०मा अडिग रहेको भन्‍दै कि फिर्ता गर्न वा अध्यादेश ल्याउन माग गरे। ‘६०/४० मा अडिग छु म । कि फिर्ता गर्नुस् । अध्यादेश ल्याउनुस ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?