+
टप एन्ड टी-२० सिरिज :

पाकिस्तान शाहीन्सले नेपाललाई दियो मध्यम लक्ष्य

२०८२ भदौ  ६ गते १७:०० २०८२ भदौ ६ गते १७:००
पाकिस्तान शाहीन्सले नेपाललाई दियो मध्यम लक्ष्य

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा पाकिस्तान शाहीन्सबाट १४५ रनको लक्ष्य पाएको छ।
  • पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १४४ रन बनाएको छ र कप्तान मोहम्मद इरफान खान नियाजीले अविजित ४२ रन बनाए।
  • नेपालका सोमपाल कामीले ४ ओभरमा ३० रन दिएर ३ विकेट लिए भने नन्दन यादव र दिपेन्द्रसिंह ऐरीले २-२ विकेट लिए।

६ भदौ, काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो अन्तिम लिग खेल खेलिरहेको नेपालले पाकिस्तान शाहीन्सबाट मध्यम लक्ष्य पाएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १४४ रन बनाउँदै नेपाललाई १४५ रनको लक्ष्य दिएको हो ।

पाकिस्तानका लागि कप्तान मोहम्मद इरफान खान नियाजीले अविजित ४२ रन बनाए । पाकिस्तान ७९-७ को संघर्षपूर्ण अवस्थामा रहेपनि इरफानले कप्तानी पारी खेले ।

नेपालका लागि सोमपाल कामीले ४ ओभरमा ३० रन दिएर ३ विकेट लिए । नन्दन यादव र दिपेन्द्रसिंह ऐरीले २-२ विकेट लिँदा कुशल भुर्तेलले १ विकेट लिए ।

नेपालले पाकिस्तानलाई राम्रो अन्तरले हराएर अन्य नतिजाहरू आफू अनुकुल आएमा सेमिफाइनल प्रवेश गर्नेछ ।

टप एन्ड टी-२० सिरिज

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय