News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल ओलम्पिक कमिटीको नवगठित तदर्थ समितिको टोली र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीबीच भेटवार्ता भएको छ।
- मन्त्री चौधरीले समितिलाई सक्रिय भएर अघि बढ्न निर्देशन दिएका छन्।
- भेटमा एशियन खेलकुदमा नेपालको प्रतिनिधित्व सुनिश्चित गर्न र ओलम्पिक कमिटीका गतिविधि कानुन बमोजिम सक्रिय बनाउन छलफल भएको थियो।
६ भदौ, काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)को नवगठित तदर्थ समितिको टिम र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीबीच भेटवार्ता भएको छ ।
समितिका संयोजक ध्रुवबहादुर प्रधान नेतृत्वको टोलीसँग भएको भेटका क्रममा मन्त्री चौधरीले सक्रिय भएर अघि बढ्न समितिलाई निर्देशन दिएका छन् ।
ओलम्पिक कमिटीको तदर्थ समितिले औपचारिक रुपमा नेतृत्व सम्हालेपछि औपचारिक पत्रकार सम्मेलन गरी आफ्ना भावी कार्ययोजना पनि सार्वजनिक गरेको थियो ।
भेटघाटमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका खेलकुद महाशाखाका प्रमुख सहसचिव रामचरित्र मेहताको समेत उपस्थिति थियो ।
भेटघाटमा अगामी वर्ष जापानमा हुने एशियन खेलकुदमा नेपालको प्रतिनिधित्वलाई सुनिश्चित बनाउनका लागि अविलम्ब पहलकदमी लिने साथै नेपाल ओलम्पिक कमिटीका गतिविधिलाई कानुन बमोजिम सक्रिय बनाउन राष्ट्रिय खेलकुद परिषद र मन्त्रालयले खेल्नुपर्ने भूमिका बारे समेत छलफल भएको थियो ।
आगामी दिनमा मन्त्रालय र खेलकुद परिषदसँग समन्वय र सहजीकरण गरेर नेपाल ओलम्पिक कमिटीले आफ्ना गतिविधि बढाउन मन्त्रीबाट निर्देशन भएको जनाइएको छ ।
शुक्रबारै अन्तर्राष्ट्रिय मान्यता प्राप्त जीवनराम श्रेष्ठको नेतृत्वमा रहेको नेपाल ओलम्पिक कमिटीको पनि कार्यसमिति बैठक बसेको छ ।
प्रतिक्रिया 4