+

एनओसी तदर्थ समितिका ९ सदस्यको नाम सार्वजनिक, यस्ता छन् आगामी कार्यक्रम

२०८२ भदौ  ५ गते १४:५१ २०८२ भदौ ५ गते १४:५१
एनओसी तदर्थ समितिका ९ सदस्यको नाम सार्वजनिक, यस्ता छन् आगामी कार्यक्रम

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल ओलम्पिक कमिटिको तदर्थ समितिमा ९ सदस्यहरू चयन भएका छन् र विभिन्न उपसमितिहरू गठन भएका छन्।
  • तदर्थ समितिको संयोजकमा ध्रुबबहादुर प्रधान चयन भएका छन् र सदस्यहरूमा राजिव विक्रम शाह लगायत ८ जना छन्।
  • समितिले गैरकानूनी विधान संशोधन र अदालत आदेश उल्लंघनका कारण उत्पन्न समस्याको समाधानका लागि अन्तर्राष्ट्रिय निकाय र खेलकर्मीहरूसँग समन्वय गर्ने योजना बनाएको छ।

५ भदौ, काठमाडौं । नेपाल ओलम्पिक कमिटि (एनओसी) को तदर्थ समितिमा ९ सदस्यहरू चयन भएका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै ९ जना सदस्यहरू चयन गर्दै विभिन्न उपसमितिहरू पनि गठन भएका छन्।

एनओसीभित्र लामो समयदेखि चल्दै आएको विवाद र उत्पन्न अन्यौलताबारे बहुमत राष्ट्रिय खेल संघहरूले तदर्थ कार्य समिति गठन गरेको बताइएको छ ।

समितिको संयोजकमा एनओसीका निवर्तमान अध्यक्ष तथा मानार्थ अध्यक्ष ध्रुबबहादुर प्रधान चयन भएका छन् । सदस्यहरूमा राजिव विक्रम शाह, समिम मियाँ अन्सारी, सुनिल श्रेष्ठ, निलेन्द्र राज श्रेष्ठ, पुष्पदास श्रेष्ठ, अनिल शर्मा, बृजेन्द्र हमाल र रवि राजकर्णिकार रहेका छन् ।

कमिटीभित्र भएका विवाद, विधान संशोधनमा देखिएका अनियमितता तथा अदालतका आदेश उल्लंघनलगायत कारण खेल क्षेत्रमा सिर्जित भ्रमपूर्ण अवस्थाबाट खेलाडी र प्रशिक्षकहरू मानसिक दबाबमा परेको भन्दै तत्कालीन परिस्थितिलाई सम्बोधन गर्न तदर्थ समिति गठन गरिएको जानकारी दिइयो ।

जीवनराम श्रेष्ठ नेतृत्वमा रहेको नेपालको ओलम्पिक कमिटी अवैधानिक भएको भन्दै ओलम्पिकमा आबद्ध २३ खेलाडी संघ मिलेर तदर्थ समिति बनाइएको थियो ।

ओलम्पिक कमिटीका पूर्व अध्यक्ष र हालका मानार्थ अध्यक्ष रहेका ध्रुव बहादुर प्रधान अध्यक्षतामा केही दिनअघि तदर्थ समिति गठन गरिएको थियो ।

नेपाली खेलकुदको नियमनकारी निकाय युवा तथा खेलकुद मन्त्रालयले दिएको निर्देशन र कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप) कै पहलमा ले आइतबार मात्र ओलम्पिक भवनमा लागेको ताला खोलेर ओलम्पिकको तदर्थ कमिटीलाई साँचो हस्तान्तरण गरेको थियो ।

राखेपको १ सय १९ औं बोर्ड बैठकले जीवनराम श्रेष्ठले गराएको निर्वाचनलाई अवैधानिक र गैरकानुनी भन्दै सो निर्वाचनलाई खारेज गरेको थियो ।

पत्रकार सम्मेलनमा समितिका प्रतिनिधिहरूले अध्यक्ष जीवनराम श्रेष्ठको नेतृत्वमा भएको कार्यसमितिले विधान विपरीत गैरकानूनी निर्णयहरू गर्दै ओलम्पिक कमिटिलाई स्वार्थपूर्ति गर्ने साधन बनाएको आरोप लगाएका छन् ।

अदालतको आदेश विपरीत गरिएको विधान संशोधन र निर्वाचन गैरकानूनी भएको दाबी गर्दै राष्ट्रिय खेलकुद परिषद्ले समेत सो कार्यसमितिलाई अवैध घोषणा गरिसकेको उल्लेख गरिएको छ ।

पत्रकार सम्मेलनमार्फत आगामी कर्ययोजनाहरू पनि सार्वजनिक गरिएको छ ।

यस्ता छन् आगामी कार्यक्रमहरू

१. तदर्थ समिति गठनबारे आईओसी, ओसीए तथा सम्बन्धित सरोकारवाला निकायलाई जानकारी गराई समन्वय गर्ने।
२. समस्या समाधानका लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि, सदस्य खेल संघ, खेलाडी, खेलकर्मी र सरोकारवालासँग छलफल गरी दीर्घकालीन उपाय खोज्ने।
३. ओलम्पिक कार्यक्रम अन्तर्गतका बृहत् खेलकुद प्रतियोगितामा नेपालको सहभागिता सुनिश्चित गर्न आवश्यक पहल गर्ने।
४. जापानमा हुने २० औं एशियाली खेलकुदमा नेपालको सहभागिताका लागि परिषद् र संघहरूसँग समन्वय गरी खेलाडी छनोट तथा विशेष प्रशिक्षणको तयारी गर्ने।
५. एनओसीसँग आवद्ध खेल संघहरूको समस्या समाधानका लागि पहल गर्ने।
६. विधानअनुसार साधारण सभाबाट निष्पक्ष, पारदर्शी र स्वतन्त्र ढंगले निर्वाचन गराई नयाँ नेतृत्व चयन गर्ने

विस्तृत विवरण :

तदर्थ समिति नेपाल ओलम्पिक कमिटी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय