
६ भदाै, काठमाडौं । रोजगारीका लागि दक्षिण कोरिया जान इच्छुक नेपाली युवामध्ये १ लाख ३ हजार जनाले आवेदन दिएका छन् ।
वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस (रोजगार अनुमति प्रणाली) कोरिया शाखाका अनुसार ५ हजार ३ सय कामदारको माग हुँदा १ लाख ३ हजारको आवेदन परेको हो ।
कोरियाले सन् २०२५ का लागि उत्पादनमूलक तथा कृषि–पशुपालन क्षेत्रमा ५ हजार ३ सय कामदारको कोटा पठाएको थियो ।
साउन २६ देखि ३१ गतेसम्मको आवेदन अवधि भित्र १ लाख ३ हजार जनाले भाषा परीक्षाका लागि अनलाइन आवेदन दिएका हुन् ।
ईपीएस कोरिया शाखाका अनुसार अहिले आवेदनहरूको प्रारम्भिक रुजुकार्य भइरहेको छ । भाषा परीक्षा एकैदिनमा बढीमा पाँच सिफ्टमा सञ्चालन गरिनेछ । परीक्षा पास भएकाले मात्र अन्तिम रोजगारी छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।
नेपालमा हरेक वर्ष कोरियाको ईपीएस परीक्षाले ठूलो आकर्षण पाउने गरेको छ ।
त्यसको मुख्य कारण कोरियामा तुलनात्मक रूपमा उच्च तलब, नियमनबद्ध श्रम बजार र श्रमिकमैत्री वातावरण रहेको छ ।
सीमित कोटामा अत्यधिक आवेदन पर्ने गरेको देखिन्छ । जसले कोरियाली श्रम बजारप्रति नेपालीको आकर्षण देखाउँछ ।
प्रतिक्रिया 4