
News Summary
Generated by OK AI. Editorially reviewed.- वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ।
- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयकले ठूला भौतिक पूर्वाधार विकासका लागि नयाँ ढोका खोल्ने बताए।
- प्रतिपक्षी दलका सांसदहरूले विधेयकलाई नवीन अवधारणा भन्दै सरकारलाई धन्यवाद दिएका छन्।
६ भदौ, काठमाडौं । वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ संघीय संसद्को प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको ।
प्रतिनिधिसभाको आजको बैठकले विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो ।
संसद्मा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयकले नेपालमा ठूला भौतिक पूर्वाधार विकासका लागि नयाँ ढोका खोल्ने बताए ।
अर्थमन्त्री पौडेलले विधेयकले नेपालको विकासको आवश्यकता सम्बोधन गर्ने भन्दै विधेयक छिटो पारित गरेर संसद्ले छोटो समयमा पनि महत्त्वपूर्ण काम गर्न सकिन्छ भन्ने उदाहरण पेस गरेको बताए ।
विधेयकमाथि छलफलमा भाग लिँदै प्रतिपक्षी दलका सांसदहरूले समेत नवीन अवधारणा भन्दै सरकारलाई धन्यवाद दिए ।
संसद्को अर्थ समितिमा छलफल सम्पन्न भएपछि विधेयकलाई प्रतिनिधिमासभामा पेस गरिएको थियो । वैकल्पिक स्रोत जुटाएर धेरै प्रतिफल दिने ठूला पूर्वाधार आयोजनामा लगानी गर्ने विधेयकको मुख्य उद्देश्य छ ।
प्रतिक्रिया 4