+
+
Shares

आजपाका वरिष्ठ उपाध्यक्ष साह एमाले प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ६ गते १७:१६

६ भदौं, काठमाडौं । आम जनता पार्टी (आजपा) का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह सहितका नेता-कार्यकर्ताले नेकपा एमाले प्रवेश गरेका छन्।

एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन्। एमाले प्रवेश गरेका साह एमालेका पूर्व केन्द्रीय सदस्य समेत हुन्।

साहसँगै मनोजकुमार यादव, कान्तिदेवी महतो, सिमलकुमारी साह पनि एमाले प्रवेश गरे । अध्यक्ष ओलीले प्रवेश गर्नेहरूलाई स्वागत गर्दै गलत बाटो देखाउनेहरुको बहकावमा लागेर केही समय अलमलमा परे पनि घर फर्किएकोमा दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?