
६ भदौ, काठमाडौं । ललितपुरस्थित ग्वार्को फ्लाइ ओभरमा सवारीसाधनको लाइन लागेको छ ।
भारीवर्षाका कारण मुख्य सडकको दुईतर्फी लेनमा पानी जमेपछि फ्लाइ ओभरमा जाम भएको हो ।
शुक्रबार दिउँसोदेखि आएको भारी वर्षाका कारण ग्वार्को लगायत काठमाडौं उपत्यका विभिन्न सडकहरू जलमग्न बनेका छन् ।
सडकहरू जलमग्न हुँदा सवारी आवगमनमा असहज उत्पन्न भएको छ ।
फ्लाइ ओभरको एकतर्फ लेन केही खुकुलो भए पनि ग्वार्कोबाट सातदोबाटो तर्फ जाने लेनमा भने सवारीसाधन गुड्न सकेको छैन ।
तस्वीरहरू : रुपक चौलागाईं/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4