+
+
Shares

चाइना एक्जिम बैंकको नेपाल एजेन्ट बैंकमा सानिमा

सम्झौतामा सानिमा बैंक (एजेन्ट बैंक) का तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्याल र एक्जिम बैंकका तर्फबाट सिचुआन शाखाकी उपाध्यक्ष यु यानहुईले हस्ताक्षर गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ६ गते १९:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सानिमा बैंकलाई द एक्स्पोर्ट एन्ड इम्पोर्ट बैंक अफ चाइना (एक्जिम) को नेपाल एजेन्ट नियुक्त गरिएको छ।
  • सानिमा बैंकले मनाङ मस्र्याङ्दी र लाङटाङ भोटेकोशी जलविद्युत् आयोजनाका लागि वित्तीय सहजीकरण गर्नेछ।
  • एक्जिम बैंक सिचुआन शाखामा भएको कार्यक्रममा सानिमा बैंक र एक्जिम बैंकबीच सम्झौतामा हस्ताक्षर भएको छ।

६ भदौ, काठमाडौं । द एक्स्पोर्ट एन्ड इम्पोर्ट बैंक अफ चाइना (एक्जिम) बैंकको नेपाल एजेन्टमा सानिमा बैंक नियुक्त भएको छ ।

मनाङ मस्र्याङ्दी हाइड्रोपावर प्रालि ­(१३५ मेगावाट)–१ र लाङटाङ भोटेकोशी हाइड्रोपावर प्रालि (१२० मेगावाट)­–१ समेत दुई जलविद्युत् आयोजनाका लागि वित्तीय सहजीकरण÷मध्यस्थकर्ताका रूपमा काम गर्न नेपालका लागि सानिमालाई एजेन्ट बैंक नियुक्त गरेको कम्पनीले जनाएको छ ।

एक्जिम बैंकको चीनस्थित सिचुआन शाखामा आयोजित कार्यक्रममा सानिमा बैंक र एक्जिम बैंकबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा सानिमा बैंक (एजेन्ट बैंक) का तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्याल र एक्जिम बैंकका तर्फबाट सिचुआन शाखाकी उपाध्यक्ष यु यानहुईले हस्ताक्षर गरे ।

कार्यक्रममा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निश्चलराज पाण्डे, एक्जिम बैंक सिचुआन शाखा अध्यक्ष चेन शेङरोङ र एसजीआईसी इन्टरनेसनल अध्यक्ष लिआओ विन समेतको उपस्थिति थियो ।

कार्यक्रममा सानिमा बैंकका सीइओ पाण्डेले एजेन्सी बैंकका रूपमा काम गर्न सानिमा बैंकलाई विश्वास गरी छनोट गरेकोमा आभार व्यक्त गरे ।

एक्जिम बैंकसँगको सहकार्यले सानिमा बैंकको अन्तर्राष्ट्रिय व्यापार सम्बन्ध विस्तार हुने र व्यापार प्रवद्र्धनमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।

एक्जिम बैंक र मुख्य लगानीकर्ता कम्पनीका प्रतिनिधिले परियोजना समयमै सम्पन्न गर्न सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?