
News Summary
Generated by OK AI. Editorially reviewed.- मुवा थाई खेलको २१ सदस्यीय ललितपुर जिल्ला कार्यसमिति गठन भएको छ।
- कार्यसमितिको अध्यक्षमा विधान श्रेष्ठ चयन भएका छन्।
- समितिले मुवा थाई खेलको प्रचार-प्रसार, प्रशिक्षण, प्रतियोगिता र खेलाडी उत्पादनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।
६ भदौ, ललितपुर । मुवा थाई खेलको २१ सदस्यीय ललितपुर जिल्ला कार्यसमिति गठन भएको छ । कार्यसमिति अध्यक्षमा विधान श्रेष्ठ चयन भएका छन् ।
ललितपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष विनोद महर्जन, बागमती प्रदेश नेपाल मुवा थाई संघ अध्यक्ष मनिष लिवि, नेपाल मुवा थाई केन्द्रीय उपाध्यक्ष भुपेश शाक्य, केन्द्रीय सचिव बालगोपाल ठकुरी शाह, केन्द्रीय सदस्य अनिल श्रेष्ठ र बागमती प्रदेश उपाध्यक्ष सुवास अधिकारीको उपस्थितिमा नयाँ समिति सर्वसम्मत चयन गरिएको हो ।
संघ उपाध्यक्ष सविन चालिसे र सञ्जय डंगोल, सचिव सागर अमात्य, सहसचिव कारम्पा महर्जन, कोषाध्यक्ष अनिल श्रेष्ठ र सह–कोषाध्यक्षमा दिपेश चित्रकार चयन भएका छन् ।
सदस्यमा विश्वराम लामा, दीपक तामाङ, दीपेन्द्र नेपाली, दीपा शाही, सुप्रिन्स शाक्य, आश्विन बज्राचार्य, उत्तम महर्जन, विजय नगरकोटी, सुनिल नकर्मी, बुद्ध तामाङ, राकेश देशार, सपनकुमार तामाङ, सुनिल महर्जन र विशायु केसी चयन भएका छन् ।
समितिले जिल्लाभर मुवा थाई खेलको प्रचार-प्रसार, प्रशिक्षण, प्रतियोगिता र खेलाडी उत्पादनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया 4