+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

गण्डकी प्रदेशको सूचना : ऋषिपञ्चमीमा महिला कर्मचारीलाई पनि छैन बिदा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ७ गते १५:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गण्डकी प्रदेश सरकारले २०८२ भदौ १२ गते ऋषिपञ्चमीको दिन महिला कर्मचारीलाई सार्वजनिक बिदा नहुने जनाएको छ।
  • प्रदेश सरकारका सूचना अधिकारी प्रवीण ढकालले उक्त सूचना जारी गरेर सबैको जानकारीका लागि प्रकाशन गरिएको बताए।
  • कोशी प्रदेशले राजपत्रमा ऋषिपञ्चमीमा महिलालाई बिदा हुने उल्लेख गरेको छ भने निजी संघसंस्थाहरूले पनि बिदा दिने गरेका छन्।

७ भदौ, काठमाडौं । गण्डकी प्रदेश सरकारले ऋषिपञ्चमीको दिन महिला कर्मचारीलाई पनि सार्वजनिक बिदा नहुने जनाएको छ।

प्रदेश सरकारका सूचना अधिकारी प्रवीण ढकालले जारी गरेको सूचनामा भनिएको छ, ‘ २०८२ भदौ १२ गते बिहीबार, ऋषि पञ्चमीको दिन सार्वजनिक बिदा (महिला कर्मचारीलाई समेत) नरहेको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।’

यद्यपी गण्डकी प्रदेशको राजपत्रमा पनि उक्त बिदा समावेश भने छैन । नेपाल सरकारको राजपत्रमा पनि महिला कर्मचारीलाई हरितालिका तिजको दिनमा मात्र बिदा दिइएको छ ।

कोशी प्रदेशले भने राजपत्रमै ऋषिपञ्चमीका दिन महिलाहरूलाई बिदा हुने उल्लेख गरेको छ । कोशीमा हरितालिका तिजको दिनमा भने बिदा छैन ।

निजी संघसंस्थाहरूले पनि ऋषिपञ्चमिमा पनि बिदा दिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?