
News Summary
Generated by OK AI. Editorially reviewed.- टिकटक स्टार अंश वर्माले हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि विश्वव्यापी ट्रेन्ड चलाएर अभियान थालेका छन्।
- विपिन जोशी सुदूरपश्चिम विश्वविद्यालयका कृषिविज्ञान विद्यार्थी हुन् र इजरायलको 'लर्न एन्ड अर्न' कार्यक्रमअन्तर्गत गाजामा कृषि फर्ममा कार्यरत थिए।
- हमासको आक्रमणमा १७ मध्ये १० नेपाली विद्यार्थी मृत्यु भएका थिए भने जोशी सम्पर्कविहीन छन् र उद्धारका लागि पहल भइरहेको छ।
काठमाडौं । टिकटक स्टार अंश वर्माले लडाकु समूह हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइको लागि पहल थालेका छन् ।
१० लाख फलोअर्स रहेको आफ्नो टिकटक एकाउन्टबाट उनले विश्वब्यापी ट्रेन्ड चलाउँदै अभियानको थालनी गरेका हुन् ।
‘टिकटक यतिबेला सबैभन्दा धेरै प्रयोग हुने डिजिटल माध्यम हो । यो प्लाटफर्मलाई मैले विपिनको रिहाइको लागि उपयोग गरेको हुँ’ उनले भने, ‘मैले गर्न सक्ने भनेको पहल नै हो ।’
दिनमा एउटा भएपनि विपिनबारे टिकटक भिडियो बनाउन उनको आग्रह छ । सोही आग्रहअनुसार प्रशस्तै टिकटक भिडियो बनिरहेको उनले बताए । ‘मलाई देशविदेशबाट निकै प्रतिक्रिया आइरहेको छ’ उनले भने, ‘दैनिक सयौं भिडियो बनिरहेका छन् ।’
‘मैले स्वयम भिडियो बनाइरहेको छु र आज पनि बनाउँछु’ उनले भने, ‘मैले पनि धेरै आग्रह गरिरहेको छु । पक्कै पनि किन सम्बन्धित ठाउँसम्म खबर नपुग्ला र ?’
प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले आफ्ना सामाजिक संजालबाट पोस्टबाट विपिनको रिहाइको लागि सरकारले कुनै कसर बाँकी नराखेको बताइरहेका छन् । इजरायल सरकारले त गतसाता विपिनकी आमा र बहिनीलाई झिकाएको थियो ।
त्यहाँ अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गरेर उनीहरू स्वदेश फिरेका छन् ।
विपिन जोशी को हुन् ?
कञ्चनपुरका जोशी सुदूरपश्चिम विश्वविद्यालयमा कृषिविज्ञानका विद्यार्थी हुन् ।
उनी इजरायल र नेपाल सरकारबीचको सम्झौताअनुसार कृषिविज्ञानका विद्यार्थीलाई पठाइने ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत अरू विद्यार्थीसँगै त्यता गएका थिए । उनी गाजाको सीमानजिकै एउटा कृषि फर्ममा कार्यरत थिए।
कृषि फर्ममा कार्यरत १७ नेपाली विद्यार्थीमध्ये १० जना हमासको आक्रमणमा परेर मृत्यु भएको थियो । अरू चार जना घाइते भएका थिए भने जोशी सम्पर्कविहीन भएका थिए । अन्य दुईजना भने सकुशल थिए ।
जोशीसँग एउटै फर्ममा कार्यरत रहेका र उद्धार गरेर नेपाल फर्काइएका विद्यार्थीले हमासले प्रहार गरेको ग्रिनेड फालेर आफूहरूलाई बचाएको बताएका थिए । तर पछि उनलाई हमास लडाकुले लगेको बताएका थिए ।
प्रतिक्रिया 4