+
+
Shares

निर्वाचन प्रणाली सुधार नगरेसम्म भ्रष्टाचार अन्त्य हुँदैन : उपाध्यक्ष राई

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ८ गते १७:१२

८ भदौ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की उपाध्यक्ष जयन्तीदेवी राईले निर्वाचन प्रणाली सुधार गर्न नसकेसम्म भ्रष्टाचार अन्त्य गर्न नसकिने बताएकी छिन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचन प्रणाली सबैभन्दा शुद्ध हुनुपर्ने बताइन् ।

निर्वाचन प्रणाली शुद्ध गर्न सकिएन भने पछि परेको महिला, समुदाय, वर्ग, दलित, मुस्लिमहरुलाई अघि बढाउन नसकिने बताइन् ।

‘निर्वाचन प्रणालीलाई सुधार गर्न सकेनौँ भने भ्रष्टाचारलाई कहिले पनि अन्त्य गर्न सकिँदैन । त्यसकारण निर्वाचन प्रणाली सबैभन्दा शुद्ध हुनुपर्छ,’ उनले भनिन्, ‘निर्वाचन प्रणाली शुद्ध गर्न सकिएन भने पछि परेको महिला, समुदाय, वर्ग, दलित, मुस्लिमहरू सबै पछि पर्दछन् । यो निर्वाचन प्रणाली हामीले सच्याउनैपर्छ ।’

विगतको निर्वाचन प्रणाली भन्दा प्रगतिशिल निर्वाचन प्रणाली आएपछि पर्याप्त नरहेको उनको भनाइ थियो ।

‘हिजोको भन्दा प्रगतिशिल आएको छ तर पूर्ण रुपमा आएको छैन । अहिले यो विधेयक ल्याउन तयार भएको छैन सरकार । किन ल्याउँदैन । यो विधेयक छिटो भन्दा छिटो ल्याउनुपर्छ,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?