News Summary
Generated by OK AI. Editorially reviewed.- प्रिमियर लिग अन्तर्गत आइतबार राति म्यानचेष्टर युनाइटेड र फुलहमबीचको खेल १-१ को बराबरीमा रोकिएको छ।
- फुलहमका रोड्रिगो मुनिजले ५८औं मिनेटमा आत्मघाती गोल गर्दा युनाइटेडले अग्रता लिएको थियो।
- एमिल स्मिथ रोवले ७३औं मिनेटमा फुलहमका लागि बराबरी गोल फर्काए ।
९ भदौ, काठमाडौं । प्रिमियर लिग अन्तर्गत आइतबार राती भएको खेलमा म्यानचेष्टर युनाइटेड फुलहमसँग १-१ को बराबरीमा रोकिएको छ ।
आत्मघाती गोलको सहयोगमा अग्रता लिएको युनाइटेडले त्यसपछि गोल खाँदा अंक बाँडेको हो ।
फुलहमको मैदानमा भएको खेलमा फुलहमै रोड्रिगो मुनिजले ५८औं मिनेटमा आत्मघाती गोल गर्दा युनाइटेडले पहिले अग्रता लिएको थियो ।
तर एमिल स्मिथ रोवले ७३औं मिनेटमा फुलहमका लागि बराबरी गोल फर्काए ।
त्यसअघि युनाइटेडले ३८औं मिनेटमा पेनाल्टी पाएपनि कप्तान ब्रुनो फर्नान्डेजले गोल गर्न नसक्दा युनाइटेडले अग्रता लिने अवसर गुमाएको थियो । जुन युनाइटेडका लागि महंगो सावित भयो ।
दुई खेलबाट १ अंक जोडेको युनाइटेड १६औं स्थानमा छ ।
यस्तै एभरटनले आफ्नो नयाँ घरेलु मैदानमा विजयी सुरुवात गरेको छ । हिल डिकसन स्टेडियममा भएको खेलमा एभरटनले ब्राइटनलाई २-० ले पराजित गरेको हो । एभरटनका लागि इलिमान एनडियाएले २३औं र जेम्स गार्नरले ५२औं मिनेटमा गोल गरे ।
पहिलो जितपछि दुई खेलबाट ३ अंक जोडेको एभरटन आठौं स्थानमा उक्लेको छ
प्रतिक्रिया 4