
News Summary
Generated by OK AI. Editorially reviewed.- पोखरा महानगरपालिका-१३ मा ग १ ख ४०२७ नम्बरको बस ब्रेक फ्रेल भएर दुर्घटनामा परेको छ।
- दुर्घटनामा २३ जना घाइते भएका छन् र १२ जनाको प्राथमिक उपचारपछि डिस्चार्ज भइसकेको छ।
- पाेखरा-१३ वडाध्यक्ष किरण बरालले घाइतेलाई तत्कालै स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याउन नेतृत्व गरेका थिए।
९ भदाै, पाेखरा । पाेखरा महानगरपालिका- १३ मा बस दुर्घटना भएकाे छ । पाेखरा महानगरपालिका-१३ आर्बाबाट महेन्द्रपुलतर्फ आउँदै गरेकाे ग १ ख ४०२७ नम्बरकाे बस ब्रेक फ्रेल भएर दुर्घटनामा परेकाे हाे ।
दुर्घटनामा २३ जना घाइते भएका छन् । उनीहरू सबैलाई पाेखरा-१३ वडाध्यक्ष किरण बरालले तत्कालै आफ्नै गाडी र २ वटा एम्बुलेन्स ब्यवस्था गरेर पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याएका थिए ।
जसमध्ये सामान्य घाइते १२ जनाकाे प्राथमिक उपचारपछि डिस्चार्ज भइरहेका छन् भने १० जनाकाे उपचार भइरहेकाे छ ।
स्थानीयका अनुसार वडाध्यक्ष बरालले तत्कालै स्वास्थ्य संस्थामा उपचारका लागि पुर्याउन नेतृत्व लिँदा ठूलाे क्षति हुन पाएन ।
बस अनियन्त्रित भएर दुर्घटना भएकाे र ४ जनाकाे अवस्था मध्यम रहेकाे कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4