+
+
Shares

निकिताको आग्रह- बैंक जमानत लिएर जेलबाहिरबाटै मुद्दा लड्न पाउँ

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ९ गते १५:०२

९ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पत्नी निकिता पौडेल लामिछानेले श्रीमानलाई बिगो रकम लिएर जेलबाहिरबाटै मुद्दा लड्ने सुविधान उपलब्ध गराउन माग गरेकी छिन् ।

सोमबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा रिट निवेदन दर्ता गरेको जानकारी दिँदै उनले यस्तो बताएकी हुन् ।

उनले आफू संविधान र कानुनले अनुमति दिएका देशभित्र र बाहिरका सबै न्यायका ढोका ढकढक्याउने बताएकी छिन् ।

‘मेरो श्रीमान् भन्नुहुन्छ, “यो देशमा शक्ति पृथकीकरण समाप्त भएको धेरै भइसक्यो, एउटै रावणका फरक टाउका गन्न छाडिदेउ ।” तर, श्रीमतीका रुपमा मेरो पनि जिद्दी छ,’ निकिताले लेखेकी छिन्, ‘न्याय पाइयोस् कि नपाइयोस्, म संविधान र कानुनले अनुमति दिएका देशभित्र र बाहिरका न्यायका हरेक ढोका ढकढक्याउने छु ।’

उनले आफ्नो श्रीमान्को जीवन जेलमा सुरक्षित नभएको पनि बताएकी छिन् ।

‘मैले हिजो पनि भनेकी हुँ र आज पनि भन्छु, मेरो श्रीमानको जीवन सुरक्षित छैन । भैरहवा कारागारमा उहाँलाइ कसरी राखिएको थियो, अब मैले केही भनिरहन पर्दैन,’ उनले भनेकी छिन्, ‘यिनिहरूले किन जेल सार्न मानिरहेका थिएनन्, यिनिहरूको नियत के थियो, त्यो पनि बताइरहन पर्दैन ।’

उनले अन्तिममा आग्रहसहित भनेकी छिन्, ‘बिगो तोकिदेऊ र त्यो बराबरको बैंक जमानत लिएर जेलबाहिरबाट मुद्दा लड्न देउ, मेरो आग्रह यत्ति हो ।’

जिल्ला अदालत बुटवलले जारी गरेको पछिल्लो आदेशविरुद्ध आज उच्चमा रिट निवेदन दर्ता भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?