
News Summary
Generated by OK AI. Editorially reviewed.- निकिता पौडेलले सर्वोच्च अदालतले न्याय र मानवीय व्यवहार नगरेको टिप्पणी गरेकी छन्।
- उनले फेसबुकमा लेख्दै अदालतले गैरकानुनी पक्राउबारे रिटमा केही बोलेन भन्ने आरोप लगाइन्।
- रवि लामिछानेको पत्नी निकिताले अदालतको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।
१२ जेठ, काठमाडौं । सहकारी बचत रकम अपचलन मुद्दामा थुनामा रहेका रवि लामिछाने पत्नी निकिता पौडेलले सर्वोच्च अदालतले न्याय र मानवीय व्यवहार दुवै नगरेको टिप्पणी गरेकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाइका क्रममा सर्वोच्चले न्याय नदिएको टिप्पणी गरेकी हुन् । ‘अदालतले न्याय त दिएन, दिएन, मानवीय व्यवहार पनि गरेन,’ उनले लेखेकी छन् ।
निकिताले गैरकानुनी पक्राउबारे परेको रिटमा अदालतले एक शब्द पनि नबोलेको उल्लेख गरेकी छन् ।
‘नियत नै राखेर थुनियो । गैरकानुनी पक्राउबारे परेको रिटमा अदालतले एक शब्द पनि बोलेन’, उनले लेखकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4