+
+
Shares

‘मिस भिवा–२०२५’ को ग्रान्ड फाइनल भदौ ११ मा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ९ गते ११:३३

९ भदौ, काठमाडौं । ‘मिस भिवा–२०२५’ को ग्रान्ड फाइनल भदौ ११ गते हुने भएको छ । सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत करिब २५ लाख रुपैयाँ मूल्य बराबरको आधिकारिक क्राउन सार्वजनिक गरिएको छ ।

याक एण्ड यति होटलमा भएको उक्त पत्रकार सम्मेलनमा आयोजक संस्था उमङ्ग क्रिएसनका संस्थापक उद्धव अधिकारीले क्राउनसहित १६ जना फाइनलिस्टलाई सार्वजनिक गरेको हो ।

यो प्रतियोगिता छैटौं संस्करण हो । सन् २०२३ सम्म विजेतालाई ‘मिस युनिभर्स’मा पठाइँदै आएकोमा त्यसपछि ‘मिस ग्रान्ड’मा प्रतिनिधित्व गराउने व्यवस्था गरिएको आयोजकले जानकारी दिए ।

श्री ओम ज्वेलर्सले डिजाइन गरेको करिब २५ लाख रुपैयाँ मूल्य बराबरको आकर्षक क्राउन यसपटक विजेतालाई प्रदान गरिनेछ । ग्रान्ड फाइनल आउँदो अगस्ट २७ (भदौ ११) मा सम्पन्न हुनेछ ।

उमङ्ग क्रिएसनका संस्थापक उद्धव अधिकारीका अनुसार विजेताले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन् भने फर्स्ट रनर–अपदेखि चौथो रनर–अपसम्मको सहभागीले विभिन्न पुरस्कारहरु प्राप्त गर्नेछन् ।

यस संस्करणदेखि भारतसँग सहकार्य गर्दै प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ । सो क्रममा ‘मिस इण्डिया–२०२५’ समेत भोलि मङ्गलबार नेपाल आउने कार्यक्रम रहेको छ ।

संस्थापक अधिकारीका अनुसार यस्ता प्रतियोगिताले सौन्दर्य मात्र नभई संस्कृति आदान–प्रदान र पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?