+

एएफसी महिला च्याम्पियन लिग छनोटमा एपिएफ नासाफसँग पराजित

२०८२ भदौ  ९ गते २३:०९ २०८२ भदौ ९ गते २३:०९
एएफसी महिला च्याम्पियन लिग छनोटमा एपिएफ नासाफसँग पराजित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एएफसी महिला च्याम्पियन लिगको प्रारम्भिक चरण अन्तर्गत समूह बी को पहिलो खेलमा नेपालको एपीएफ क्लब उज्वेकिस्तानको पीएफसी नासाफसँग पराजित भएको छ।
  • गत वर्ष पनि एपीएफ नासाफसँग १-० ले पराजित भएको थियो।
  • समूहको अर्को खेलमा थाइल्याण्डको कलेज अफ एसियन स्कोलार्सले साउदी अरेबियाको अल नासेरलाई २-० ले हराएको छ।

९ भदौ, काठमाडौं । एएफसी महिला च्याम्पियन लिग छनोट चरण अन्तर्गत समूह बी को आफ्नो पहिलो खेलमा नेपालको च्याम्पियन एपीएफ क्लब उज्वेकिस्तानको पीएफसी नासाफसँग पराजित भएको छ ।

सोमबार उज्वेकिस्तानको क्वार्सीस्थित मार्काजिय स्टेडियममा भएको खेलमा एपीएफ नासाफसँग ३-० ले पराजित भएको हो ।

नासाफले तीनै गोल पहिलो हाफमा गरेको थियो । हारपछि एपीएफ टोलीका प्रशिक्षक चेतन घिमिरेले खेलमा कन्सनट्रेसनको कमीले गोल खान पुगेको बताए ।

गत वर्ष पनि एएफसी महिला च्याम्पियन्स लिग छनोट चरणमा एपीएफले नासाफसँग खेलेको थियो । उक्त खेलमा नासाफसँग १-० ले पराजित भएको एपीएफले यसपटक बदला लिने अवसर पाएपनि पराजित भएको हो ।

यसै समूहको अर्को खेलमा थाइल्याण्डको कलेज अफ एसियन स्कोलार्सले साउदी अरेबियाको अल नासेरलाई २-० ले हराएर विजयी सुरुवात गरेको छ ।

एएफसी महिला च्याम्पियन लिग छनोट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय