
News Summary
Generated by OK AI. Editorially reviewed.- चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिंगे गैँडा मृत अवस्थामा फेला परेको छ।
- गैँडा ९ भदौमा दलदलबाट उद्धार गरिएको स्थानबाट ५ सय मिटर पश्चिम खोला किनारमा मृत भेटिएको हो।
- गत आर्थिक वर्षमा निकुञ्जमा २८ गैँडा मरेका थिए र सरकारले चालु आर्थिक वर्षमा गैँडाको संख्या यकिन गर्ने तयारी गरेको छ।
१० भदौ, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिंगे गैँडा मृत अवस्थामा फेला परेको छ ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र बाण खोला इलाकामा मंगलबार बिहान पोथी गैँडा मृत अवस्थामा फेला परेको हो । निकुञ्जले घटनाबारेमा आधिकारिक जानकारी दिएको छैन ।
नेपाली सेनाको लामीचौर पोस्टबाट डेढ किलोमिटर उत्तर पश्चिममा पर्ने मध्यवर्ती क्षेत्र ढाका गुन्द्रही मध्यवर्ती सामुदायिक वनको वाण खोलाको किनारमा ९ भदौमा गैँडा दलदलमा फसेको अवस्थामा सेना तथा निकुञ्जका कर्मचारीहरूले उद्धार गरेका थिए ।
उद्धार गरेर छाडिएको ठाँउबाट ५ सय मिपटर पश्चिमतर्फ खोला किनारमा मंगलबार गैँडा मृत भेटिएको हो ।
निकुञ्जमा चालु आर्थिक वर्षमा मरेको यो दोस्रो गैँडा हो । यसअघि, गत २१ साउनमा माडी नगरपालिका-२ भैरवपुरमा एक किसानले धान जोगाउन थापेको विद्युतीय धरापमा परेर गैँडा मृत भेटिएको थियो ।
गत आर्थिक वर्षमा निकुञ्जमा २८ गैँडा विभिन्न कारणले मरेका थिए । सरकारले चालु आर्थिक वर्षभित्र नै गैँडाको संख्या यकिन गर्न गणना गर्ने तयारी छ ।
प्रतिक्रिया 4