+
+
Shares

अन्य देशबाट पनि भारु लैजान वा ल्याउन नपाउने

केन्द्रीय बैंकले सूचना जारी गर्दै सर्वसाधारणलाइ भारु १ सयभन्दा नराख्न समेत सुझाएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १० गते १७:२१

१० भदौ, काठमाडौं । नेपाली नागरिकले भारत बाहेक देशबाट भारतीय रुपैयाँ (भारु) ल्याउन वा लैजान नपाउने नेपाल राष्ट्र बैंकले निर्णय गरेको छ ।

केन्द्रीय बैंकले सूचना जारी गर्दै सर्वसाधारणलाइ भारु १ सयभन्दा नराख्न समेत सुझाएको हो ।

केन्द्रीय बैंकका अनुसार नगद विदेशी मुद्रा नेपालमा भित्र्याउने र नेपालबाट बाहिर लैजाने सम्बन्धमा विदेशी विनिमय ऐन २०१९ को दफा ५ र दफा १२ का व्यवस्था विदेशी मुद्रा ओसारपसार गर्नुपर्ने छ ।

विदेशी मुद्रा ओसारपसार गर्दा सम्पत्ति शुद्धीकरण  निवारण ऐन २०६४ को दफा २९कको व्यवस्था र २३ पुस २०७५ को नेपाल राजपत्रको सूचना समेत आधार बनाइ लैजाने वा ल्याउने गर्न केन्द्रीय बैंकले सुझाएको छ ।

केन्द्रीय बैंकका अनुसार नेपाली वा विदेशी नागरिकले नगद विदेशी मुद्रा अमेरिकी डलर ५ हजारसम्म (भारुका हकमा अमेरिकी डलर ५ हजार बराबर हुन आउने भारुसम्म र अन्य विदेशी मुद्राका हकमा समेत अमेरिकी डलर ५ हजार बराबरसम्म) भन्सार घोषणाविना नेपाल भित्र्याउन सक्नेछन । त्यसभन्दा बढी रकमका हकमा भने भन्सार घोषणा गरी प्रमाणित गराउनु पर्ने व्यवस्था छ ।

२३ पुस २०७५ को नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार बमोजिम कसैले पनि ९ नोभेम्बर २०१६ भन्दा अगाडि चलनचल्तीमा रहेका भारु ५ सय र १ हजार दरका नोटको कारोबार गर्न तथा भारु २ सय, ५ सय र २ हजार दरका नोट साथमा राख्न, ओसारपसार गर्न र कारोबार गर्न नपाइने व्यवस्था छ ।

त्यस्तै नेपाली नागरिकले भारत बाहेक अन्य देशमा भारु लैजान वा अन्य देशबाट भारु नेपाल ल्याउन नपाउने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?