
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली नारीहरूले तिज पर्वको अवसरमा वसन्तपुर दरवार स्वायर क्षेत्रमा उत्साहपूर्वक तीज मनाएका छन्।
- भाद्र शुक्ल तृतीयाका दिन हरितालिका तीज पर्व पर्छ र व्रतालुले शिव–पार्वतीको पूजा आराधना गर्दछन्।
- व्रतालुहरूले निराहार व्रत बसेर पशुपतिनाथ मन्दिर लगायत शिवालयहरूमा पूजा आराधना गरेका छन्।
१० भदौ, काठमाडौं । नेपाली नारीहरुको पर्व तिजको अवसरमा वसन्तपुर दरवार स्वायर क्षेत्रमा महिलाहरूले उत्साहपूर्वक तीज मनाएका छन् ।
महिलाहरु कोही आपसमा तीजको गीतमा छमछमी नाँचिरहेका छन् भने कोही ताली बजाइरहेका छन्।
पोते र चुरामा सजिएका नारीहरु रातै सारीमा कम्मर मर्काइ-मर्काइ नाँचेको देखिन्छ।
भाद्र शुक्ल तृतीयाका दिन हरितालिका तीज पर्वपर्छ। उक्त दिन व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन् । यसो गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ ।
सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकी कथा छ । त्यसैले आजको दिन निराहार व्रत बसेर विधिपूर्वक शिवपार्वतीको पूरा गरे मनोकामना पूरा हुने विश्वास छ । यही विश्वासका साथ व्रतालुहरुको आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायतका शिवालयहरुमा घुइँचो लागेको थियो।
हेर्नुहोस् तस्वीरहरू :
प्रतिक्रिया 4