+
+
Shares
प्रविधि :

के एआईले बुढ्यौली रोक्न सक्ला ?

आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिले केवल मानिसको कामलाई मात्र सहज बनाइरहेको छैन। यसले एउटा मानिसको आधारभूत आवश्यकता जस्तै बनाइसकेको छ। एआईले मानिसलाई सधैं जवान राख्नमा मद्दत गर्नसक्छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १० गते १९:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ओपन एआई र रेट्रो बायोसाइन्सले GPT-4b माइक्रो नामक एआई मोडेल तयार पारेका छन्, जसले प्रोटिन पुनः डिजाइन गर्न सहयोग गर्छ।
  • GPT-4b माइक्रोले नोबेल पुरस्कार प्राप्त यामानाका फ्याक्टर्स प्रोटिनलाई सुधार गरी वृद्ध कोशिकालाई स्टेम सेलमा परिवर्तन गर्न सक्षम बनाएको छ।
  • प्रयोगशालामा नयाँ प्रोटिनले स्टेम सेल मार्कर ५० गुणाले बढाएको र डिएनएको क्षति पूर्ति गरेको पाइएको छ।

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स आम मानिसहरूको दैनिक जिवनमा प्रवेश गरिसकेको छ । हामीले एआईलाई इमेल लेख्नदेखि शोधपत्र तयार पार्न अनि पावर प्वाइन्ट बनाउनदेखि बच्चाको गृहकार्यमा सहयोग गर्नेसम्मका काममा प्रयोग गरिरहेका छौँ ।

तर आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिले केवल मानिसको कामलाई मात्र सहज बनाइरहेको छैन। यसले एउटा मानिसको आधारभूत आवश्यकता जस्तै बनाइसकेको छ। एआईले मानिसलाई सधैं जवान राख्नमा मद्दत गर्नसक्छ।

कतिपय वैज्ञानिक तथा यस क्षेत्रका विज्ञहरूको आशा छ कि एआईको सहयोगमा यस्तो शुत्र विकास गर्न सकिन्छ, जसबाट मानिसहरूमा बुढ्यौली रोकेर सधै जवान राख्न सकिनेछ ।

वास्तवमा च्याट जिपिटी निर्माता कम्पनी ओपन एआईले सिलिकन भ्यालीस्थित एक स्टार्टअप कम्पनी रेट्रो बायोसाइन्ससँग मिलेर एउटा नयाँ उपलब्धी हासिल गरेको छ । उनीहरूले एक विशेष एआई मोडेल तयार पारेका छन्, जसको नाम GPT-4b माइक्रो हो । उक्त एआई प्रोटिन श्रृंखला जैविक दस्तावेज तथा थ्री डी अणु संरचनामा प्रशिक्षित छ । यसको अर्थ शरीर का कोशिकाहरूलाई झनै राम्रो बन्नका लागि सघाउनु हो ।

समाचार अनुसार जीपीटी ४ बी माइक्रो कुनै मामुली च्याटबट होइन । यसलाई विशेष रुपमा प्रोटिनलाई पुनः डिजाइन गर्नका लागि बनाइएको हो जुन रिजेनेरेटिभ औषधिका लागि निकै आवश्यक हुन्छ ।

वैज्ञानिकहरूले उक्त एआईलाई यामानाका फ्याक्टर्स नामक प्रोटिनलाई झनै उत्कृष्ट बनाउने काम दिएका छन् । यामानाका फ्याक्टर्स यस्तो प्रोटिन हो जसलाई नोबेल पुरस्कार प्राप्त भैसकेको छ । यो प्रोटिनले प्रौढ कोसिकालाई पुनः स्टेम कोशिकामा परिवर्तन गर्न सक्दछ । स्टेम सेल्स यस्ता कोशिकाहरू हुन् जो शरीर का कुनैपनि हिस्साको कोशिकामा विकशित हुन सक्दछन् ।

वृद्ध कोशिकालाई बनाउन सक्छ जवान

ओपन एआईले आफ्नो ब्लगमा भनेको छ कि जिपिटी ४ बी माइक्रोले यामानाका फ्याक्टर्सका लागि नयाँ तथा सुधारिएको संस्करण तयार पारेको छ । सो नयाँ प्रोटिन पूरानोको तुलनामा धेरै प्रभावकारी छ । प्रयोगशालामा गरिएका परीक्षणमा ती एआई निर्मित प्रोटिनले चमत्कार नै गरेका छन्।

उक्त प्रोटिनको मद्दतले कोशिकाहरूमा स्टेम सेल मार्करको मात्रालाई ५० गुणाले बढाइएको थियो। यतिमात्र होइन उक्त नयाँ प्रोटिनले कोशिकामा हुने डिएनएको क्षतिलाई पनि तिव्र गतिमा पूर्ति गरेको थियो। सजिलो भाषामा भन्नुपर्दा यो प्रोटिनले बुढो भएका कोशिकाहरूलाई पुनः जवानजस्तै बनाउन सक्दछ ।

उक्त खोजले वैज्ञानिकहरूलाई अचम्मित तुल्याईदिएको छ । एआईको सहयोगबाट बनाइएका प्रोटिनले पूरानो प्रोटिनलाई पछि पारेको छ । यसको मद्दतले भविष्यमा यस्ता औषधिहरू ब्नाउन सकिन्छ, जसले बुढ्यौलीका दरलाई कम गर्न वा रोक्न सक्नेछ ।

यसले केवल बुढ्यौलीसँग सम्बन्धित रोगहरूको उपचार हुनसक्ने मात्र होइन मानिसको जीवनलाई अझै सहज र राम्रो बनाउन सहयोग पुग्नेछ । बुढ्यौली रोक्ने दिशामा पनि यसबाट कदम अघि बढ्नसक्छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?