+
+
Shares

स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई श्रीनगर एग्रिटेकको आईपीओ खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ११ गते १०:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रीनगर एग्रिटेक इन्डस्ट्रिजले १ अर्ब ६३ करोड रुपैयाँको २० प्रतिशत आईपीओ खुला गरेको छ।
  • रुपन्देही र पाल्पाका प्रभावित स्थानीयलाई १ लाख ६३ हजार १२५ कित्ता सेयर बिक्री वितरण गरिनेछ।
  • वैदेशिक रोजगारमा रहेका नेपालीले मेरोसेयरमार्फत भदौ १५ देखि २५ गतेसम्म आवेदन दिन सक्नेछन्।

११ भदौ, काठमाडौं । प्रभावित स्थानीयबासी र वैदेशिक रोजगारमा रहेकालाई श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको प्राथमिक सेयर (आईपीओ) खुलेको छ । बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले सार्वजनिक सूचनामार्फत आईपीओ खुला गरिएको जनाएको छ ।

कम्पनीले जारी पूँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात ३२ लाख ६२ हजार ५ सय कित्ता साधारण सेयर सर्वसाधारण समूहमा निष्कासन गर्नेछ । जसमध्ये १ लाख ६३ हजार १२५ कित्ता साधारण सेयर उद्योग प्रभावित क्षेत्र रुपन्देही र पाल्पा जिल्लाका स्थानीयलाई निष्कासन तथा बिक्री वितरण हुनेछ ।

त्यस्तै ३ लाख ९ हजार ९३८ कित्ता सेयर वैदेशिक रोजगारमा रहेकालाई बिक्री हुनेछ । प्रभावित स्थानीयले छिटोमा भदौ २५ गतेसम्म र ढिलोमा असोज ९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

त्यस्तै वैदेशिक रोजगारमा रहेकाले छिटोमा भदौ १५ गते र ढिलोमा २५ गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारमा रहेकाले अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् । प्रभावित स्थानीयले तानसेनको नबिल, एनएमबी र ग्लोबल आईएमई बैंकका शाखा तथा रुपन्देही फरसाटिकरका नबिल, एनएमबी शाखाबाट आवेदन दिन सक्नेछन् ।

रुपन्देहीको शुद्धोधन गाउँपालिकामा कम्पनीको कारोबार स्थान हो । कम्पनीले पशुपन्छी तथा माछाको दाना, आहार उत्पादन गर्दै आएको छ ।

त्यस्तै मासु प्रशोधन तथा शीत भण्डार स्थापना गर्ने लक्ष्य लिएको छ । असार मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ १३ पैसा छ भने प्रतिसेयर आम्दानी १ रुपैयाँ ६८ पैसा छ । सञ्चित नाफा २ करोड १९ लाख रुपैयाँ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?