+

अश्विनले लिए आईपीएलबाट सन्यास

२०८२ भदौ  ११ गते ११:५४ २०८२ भदौ ११ गते ११:५४
अश्विनले लिए आईपीएलबाट सन्यास

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय स्पीनर रविचन्द्रन अश्विनले आईपीएल क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।
  • अश्विनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत आफ्नो आईपीएल करियर समाप्त भएको उल्लेख गरेका छन्।
  • उनले १६ सिजनमा २२१ खेल खेलेर १८७ विकेट लिएर आईपीएलका पाँचौं सर्वाधिक विकेट लिने खेलाडी बनेका छन्।

११ भदौ, काठमाडौं । भारतीय स्पीनर रविचन्द्रन अश्विनले आईपीएल क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत निर्णय सार्वजनिक गर्दै अब विश्वका विभिन्न लिगमा जोडिने दिएका छन्।

‘हरेक अन्त्यसँग नयाँ सुरुवात हुन्छ। आज मेरो आइपिएल करियर समाप्त भएको छ, तर विभिन्न लिगमार्फत क्रिकेट अन्वेषणको यात्रा सुरु हुन्छ’ अश्विनले लेखेका छन्।

आईपीएलमा चेन्नई सुपर किङ्स (सीएसके)बाटै करियर सुरु गरेका उनी चेन्नईमा सर्वाधिक सफल रहे । अश्विनले सन् २००९ मा सीएसकेमार्फत आईपीएलमा डेब्यु गरेका थिए र १६ सिजनमा २२१ खेल खेलेर १८७ विकेट लिएका छन्।

उनले २०१० र २०११ मा सीएसकेलाई उपाधि जिताउन महत्वपूर्ण योगदान दिएका थिए। २०१० मा च्याम्पियन्स लिग टी–२० जित्दा उनी ‘प्लेयर अफ द सिरिज’ भएका थिए।

बीचमा चेन्नईका अलावा उनले राइजिङ पुने सुपरजायन्ट्स, पञ्जाब किङ्स (कप्तानीसमेत गरे), दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सका लागि खेलेका छन्।

आईपीएलको गत संस्करणमा फेरि उनी चेन्नईमै फर्किएका थिए । तर उनले ९ खेलमा ७ विकेट मात्र लिन सके।

१६ सिजनको यात्रामा अश्विन आईपीएलका पाँचौं सर्वाधिक विकेट लिने खेलाडी बनेका छन्।

रविचन्द्रन अश्विन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय