+
+
Shares

‘महादशा’बाट फिल्ममा डेब्यू गर्दै र्‍यापर हाकिम गुरुङ, किरण नेपालीले निर्देशन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ११ गते १२:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्माता किरण नेपालीले 'महादशा' मार्फत फिल्म निर्देशनको थालनी गर्ने निर्णय गरेका छन्।
  • फिल्ममा र्‍यापर हाकिमले अभिनयमा डेब्यू गर्नेछन् र प्रमोद अग्रहरि, प्रेमा लामगाढे, हाकिम गुरुङ अभिनय गर्नेछन्।
  • फिल्म संस्कार, संस्कृति, आध्यात्म र ग्रह-नक्षत्रको प्रभावको कथावस्तु प्रस्तुत गर्नेछ र प्रदर्शन मिति छायांकनपछि घोषणा गरिनेछ।

काठमाडौं । निर्माता किरण नेपालीले ‘महादशा’मार्फत फिल्म निर्देशनको थालनी गर्ने भएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो डेब्यू निर्देशकीय फिल्मको शीर्षक र प्रि–टिजर सार्वजनिक गरे ।

लेकाली इन्टरटेन्मेन्टको ब्यानरमा फिल्म निर्माण गर्न लागेको हो । प्रि-टिजरमा कलाकार प्रमोद अग्रहरि, प्रेमा लामगाढे र हाकिम गुरुङलाई परम्परागत भेषभूषामा प्रस्तुत गरिएको छ ।

फिल्ममा रियर राईको पनि अभिनय हुनेछ । चर्चित र्‍यापर हाकिमले यो फिल्मबाट फिल्म अभिनयमा डेब्यू गर्दैछन् । उनले यसअघि ‘सौर्य’ फिल्म निर्माण र म्युजिक कम्पोज गरेका थिए ।

‘अफर आयो र फिल्म खेल्ने निर्णय गरेँ’ हाकिमले अनलाइनखबरसँग भने ।

फिल्ममा राजे के. शाह, श्याम मगर र अमलादेवी राईले लगानी गरेका छन् । सुरज आचार्य कार्यकारी निर्माता हुन् । मनिष गौतमको पटकथा छ ।

फिल्मले संस्कार, संस्कृति, आध्यात्मसँगै समाजमा विद्यमान रहस्यमय घटनाक्रम तथा मानिसको जीवनमा पर्ने ग्रह-नक्षत्र र कर्मको प्रभावको कथावस्तु पेश गर्ने जनाइएको छ ।

प्रोडक्सन म्यानेजर अनिश अधिकारी र समर चौलागाई रहेको फिल्मको प्रदर्शन मिति भने छायांकन पुरा भएपछि मात्र घोषणा गरिने निर्माताले जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?