
News Summary
Generated by OK AI. Editorially reviewed.- म्यासाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजीले The GenAI Divide: State of AI in Business 2025 नामक रिपोर्टमा कम्पनीका ५ प्रतिशत मात्र एआई पाइलट परियोजना सफल भएको उल्लेख गरेको छ।
- रिपोर्टअनुसार कम्पनीहरूले एआईमा ठूलो लगानी गरिरहेका छन् तर खराब एकीकरण र अवास्तविक अपेक्षाका कारण अपेक्षित सफलता प्राप्त हुन सकेको छैन।
- एमआइटीको अध्ययनले अत्याधुनिक एआई मोडेलहरूले केवल ३० प्रतिशत कार्यालय कामहरू विश्वासयोग्य तरिकाले गर्नसकेको र संस्थागत स्तरमा सिकाईको अन्तरले असफलता निम्त्याएको देखाएको छ।
काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्सको प्रवेशसँगै विश्वभरका कैयन् कम्पनीहरुले यो प्रविधिमा केन्द्रित हुन सुरु गरे । यद्यपि एआईसँग सम्बन्धित एउटा पछिल्लो रिपोर्टले चकित पार्ने खालको खुलासा गरेको छ। कम्पनीहरुले एआईमा ठूलो लगानी गरिरहेका छन् तथापि करीब सबै कम्पनीका पाइलट प्रोजेक्टहरु अझैपनि सुरुवाती चरणमै रहेका छन् ।
हालै म्यासाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजीले The GenAI Divide: State of AI in Business 2025 नामक प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त रिपोर्टमा उल्लेख भए अनुसार कम्पनीहरुले जेनेरेटिभ एआईमा ठूलो जुवा खेलिरहेका छन् । तर तिव्र गतिमा आम्दानी बढाउने उनीहरुको सुरुवात सफल हुने छाँट देखिएको छैन ।
अर्थात् एआईको आगमनपछि आफ्नो आम्दानी तिव्र गतिमा बढ्ने अनुमान कम्पनीहरुको थियो। तर यस्तो भएन ।
शक्तिशाली नयाँ एआई मोडेलहरुलाई आफ्नो प्रणालीमा आबद्ध गराइसक्दा पनि करीब ५ प्रतिशत एआई पाइलट परियोजना मात्रै सफल भएका छन् । कम्पनीहरुले एआईलाई अबलम्बन गर्ने दिशामा तिव्रता त देखाएका छन्, तर अधिकांस कम्पनीहरुलाई यसबाट फाइदा पुग्न सकेको छैन।
किन असफल भइरहेको छ एआईको अबलम्बन ?
एआईलाई आफ्नो प्रणालीमा एकीकरण गरेर यो प्रविधि अबलम्बन गर्दा समेत अपेक्षित सफलता प्राप्त हुन नसक्नुका कारणहरुमा अवास्तविक अपेक्षाहरु, खराब एकीकरण र विशेष अबलम्बनको कमीलाई ठानिएको छ । यो रिपोर्ट सार्वजनिक भएसँगै एउटा प्रश्न उठेको छ : के एआई उद्योगको अवस्था एउटा फोकाजस्तै होला ?
प्छिल्ला केही वर्षदेखि आम मानिसहरुले ठानेको कुरा के थियो भने च्याट जिपिटी, क्लाउड तथा जेमिनाई जस्ता एआई टूल्सले कार्यस्थलको का मगर्ने तरिकामा परिवर्तन ल्याइदिनेछन् ।
स्वचालित सामाग्री सिर्जना देखि ग्राहक सेवा च्याटबट सम्मका हरेक क्षेत्रमा एआईको आगमन पश्चात् लागत कम हुने र उत्पादकत्व बढ्ने अनुमान गरिएको थियो । तर एमआइटीको उक्त शोधले आम मानिसहरुको धारणा र व्यवसायिक प्रतिफलबीच निकै अन्तर देखिएको छ ।
एआईले केवल ३० प्रतिशत मात्रै काम गर्नसक्ने
एमआइटीका शोधकर्ताहरुले गरेको परीक्षणका क्रममा अत्याधुनिक एआई मोडेलहरुले केवल ३० प्रतिशत मात्रै कार्यालयका कामहरुलाई विश्वासयोग्य तरिकाले सम्हाल्न सकेको देखिएको छ । त्यस बाहेकका कामहरु चाहीँ मानिसले नै पूरा गर्नुपर्दछ । यद्यपि व्यक्तिगत तहमा भने एआई टुल्सले मानिसहरुलाई अवश्य पनि लाभ पूराएको छ ।
एमआइटीको अध्ययन अनुसार संस्थागत स्तरमा एआईको अबलम्बन असफल हुनुको कारण चाहीँ सिकाईको अन्तर पनि हो । कम्पनीहरुले तिव्र गतिमा एआई लागू गरिरहेका छन् । तर अधिकांश यस्ता टूल्सलाई आफ्नो कम्पनीको आवश्यकता तथा आयामसँग मेल खानेगरी तयार पार्नमा लगानी गरिरहेका छैनन् ।
यी एआई टूलहरु विशाल लार्ज ल्यांग्वेज मोडेलमा तयार गरिएका हुन् । जो खास आवश्यकताहरु पूरा गर्नका लागि बनाइएका हुन् । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4