+
+
Shares

होन्डाको दशैं योजना ‘चंगा उड्छ फरर, होन्डा कारमा सरर’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ११ गते १३:३५

काठमाडौं । नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले दशैंको अवसर पारेर ग्राहकहरूका लागि आकर्षक योजना ‘चंगा उड्छ फरर, होन्डा कारमा सरर’ सार्वजनिक गरेको छ ।

‘यो दशैं बेस्ट भ्यालु रोज्नुहोस्’ नारासहित ल्याइएको यो योजना ७ भदौदेखि १४ कात्तिकसम्म देशभरका सबै होन्डा शोरूमहरूमा उपलब्ध हुनेछ ।

यस योजनाअन्तर्गत ग्राहकले होन्डा कारको खरिदमा ४ लाख रुपैयाँसम्मको नगद छुट पाउनेछन् ।

यसका साथै, कम्पनीले एक वर्षको निःशुल्क बीमा, एक वर्षको सडक कर र ५ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा पनि प्रदान गर्ने जनाएको छ ।

कम्पनीका अनुसार पुराना गाडीसँग नयाँ होन्डा साट्न चाहने ग्राहकका लागि २५ हजार रुपैयाँ बराबरको एक्सचेन्ज बोनसको व्यवस्था समेत गरिएको छ।

यसबाहेक, ग्राहकहरूले हरेक गाडीको खरिदमा निःशुल्क एसेसरिज, २ वर्षको इन्जिन वारेन्टी र एक पटकको लागि निःशुल्क रोडसाइड असिस्टेन्स जस्ता थप सुविधाहरू पनि प्राप्त गर्नेछन् ।

यो योजना होन्डाका होन्डा सिटी, सिटी ईःएचईभी, एलिवेट, अमेज, र सिटी फिफ्थ जेनेरेसन लगायतका गाडीहरूमा उपलब्ध हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?