+
+
Shares

उखु किसानको धर्नामा नेताहरूको लर्को (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०८२ भदौ ११ गते १७:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उखु किसानहरूले सरकारले अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट ३५ रुपैयाँमा घटाउने निर्णयको विरोधमा चौथो दिन आन्दोलन जारी राखेका छन्।
  • किसानहरूले अनुदान रकम घटाउने निर्णय फिर्ता लिन र पुरानो दर लागू गर्न सरकारसँग माग गरेका छन्।
  • सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र नवलपरासीका किसानहरू काठमाडौंमा उखु बोकेर प्रदर्शनमा सहभागी भएका छन्।

११ भदौ, काठमाडौं । उखु किसानहरूको आन्दोलनमा समर्थन जनाउन विभिन्न पार्टीका नेताहरूको लर्कै लागेको छ ।

उखु किसानको चौथो दिनको आन्दोलनलाई समर्थन गर्न सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरू समेत माइतीघर मण्डला पुगेका छन् ।

यसैगरी  नेकपा माओवादी केन्द्र, नेपाल सद्भावना पार्टी, लोसपा, जनमत लगायतका पार्टीका नेताहरू पनि माइतीघर पुगेका थिए ।

नेपाली कांग्रेसका नेता एनपी साउद, एमाले नेताहरू अच्युत मैनाली र हरि उप्रेती पनि माइतीघर पुगेका थिए ।

विशेष गरी उखु किसानको आन्दोलनलाई समर्थन गर्न मधेश केन्द्रित राजनीतिक दलका नेताहरूको उपस्थिति बढी रहेको थियो ।

किसानहरूको आन्दोलनलाई समर्थन गर्न मधेश प्रदेशका पूर्वमुख्यमन्त्रीहरू लालबाबु राउत र सरोज यादव पनि पुगेका छन् ।

माइतीघरमा धर्नामा बस्न नेपाल सद्भावना पार्टीका नेता अनिल झा, लोसपाका जितेन्द्र सोनल,जनमत पार्टीका नेता चन्दन सिंह लगायतका नेता पनि पुगेका थिए ।

नेकपा माओवादी केन्द्रका नेताहरू गिरिराजमणि पोखरेल र बिना मगर  पनि पुगेका थिए ।

यसअघि मंगलबार पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि उखु किसानको आन्दोलनलाई समर्थन गर्न माइतीघर पुगेका थिए ।

सरकारले पुरानो अनुदान रकम उपलब्ध नगराएको भन्दै उनीहरूले सोमबार पनि प्रदर्शनलाई जारी राखेका हुन् ।

बजेट अभाव देखाउँदै सरकारले किसानलाई दिँदै आएको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट आधा घटाएर ३५ रुपैयाँमा झार्ने निर्णय गरेपछि उखु किसान आन्दोलित भएका हुन् ।

सोमबार उनीहरूले उखु नै बोकेर आन्दोलनमा सहभागी भएका थिए । उनीहरूले अनुदानको रकम घटाउने निर्णय फिर्ता लिन उनीहरूले सरकारसँग माग गरेका छन् ।

उखु उत्पादक महासंघको नेतृत्वमा उनीहरूले काठमाडौं केन्द्रित आन्दोलनलाई जारी राखेका हुन् ।

सरकारले पहिलेको प्रतिक्विन्टलमा ७० रुपैयाँ कै दरले अनुदान दिने निर्णय नै कार्यान्वयन गर्नुपर्ने उनीहरूको माग छ ।

सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र नवलपरासीका किसानहरू प्रदर्शनमा सहभागी छन् ।

हेर्नुहोस् तस्वीरहरू :

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?