+

नेपालले साउथ अस्ट्रेलियासँग दुई अभ्यास टी-२० खेल्दै

२०८२ भदौ  ११ गते २१:०३ २०८२ भदौ ११ गते २१:०३
नेपालले साउथ अस्ट्रेलियासँग दुई अभ्यास टी-२० खेल्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली क्रिकेट टोलीले बिहीबार साउथ अस्ट्रेलिया टोलीसँग दुई अभ्यास टी-२० खेल्दै छ।
  • पहिलो खेल विहान पौने ६ बजे र दोस्रो खेल पौने १० बजे सुरु हुनेछ।
  • नेपालले मंगलबार अस्ट्रेलियन क्यापिटल टेरिटोरीलाई हराएको थियो।

११ भदौ, काठमाडौं । अस्ट्रेलिया टुरमा रहेको नेपाली क्रिकेट टोलीले बिहीबार अस्ट्रेलियाको साउथ अस्ट्रेलिया टोलीसँग दुई अभ्यास टी-२० खेल्दै छ ।

पहिलो खेल विहान सवा ५ बजेदेखि तथा दोस्रो खेल विहान सवा ९ बजेदेखि हुनेछ ।

साउथ अस्ट्रेलियाको टोली अस्ट्रेलियन शेफिल्ड शिल्डको च्याम्पियन टोली हो । यस टोलीमा ट्राभिस हेड, एलेक्स क्यारी, स्पेन्सर जोनसोनजस्ता अस्ट्रेलियाका राष्ट्रिय खेलाडीहरू खेल्ने भएपनि भोलिको खेलमा भने उपलब्ध छैनन् ।

यद्यपी डोमेस्टिक क्रिकेटमा खेलेका अनुभवी खेलाडीहरू खेल्न सक्ने सम्भावना छ ।

नेपालले यसअघि मंगलबार भएको दुई अभ्यास खेलमा नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरीलाई हराएको थियो ।

त्यसअघि नेपालले डार्विनमा भएको टप एन्ड टी-२० सिरिजमा पनि सहभागिता जनाएको थियो जहाँ ६ मध्ये २ खेल मात्र जितेर आठौं भएको थियो ।

नेपालले यसपछि शनिबार साउथ अस्ट्रेलियासँग वान डे म्याच पनि खेल्नेछ ।

नेपाली क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय