
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा.अरनिको पाँडे सामाजिक सञ्जालमा महिलालाई गालीगलौज गरेको आरोपमा पक्राउ परेका छन्।
- साइबर ब्यूरोका एसपी दिपकराज अवस्थीले अदालतबाट पक्राउ पुर्जी जारी भएपछि पाँडे साँझ पक्राउ परेका र भोलि म्याद थपका लागि अदालतमा लगिने बताए।
- डा.पाँडे २०७९ साल भदौमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका र २०८० सालमा राष्ट्रिय योजना आयोगको सदस्य बनेका थिए।
११ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा.अरनिको पाँडे पक्राउ परेका छन् । एक जना महिलालाई सामाजिक सञ्जाल मार्फत गालीगलौज गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।
महिलाले उजुरी दिएपछि पक्राउ गरिएको साइबर ब्यूरोका एसपी दिपकराज अवस्थीले बताए । अदालतबाट आज पक्राउ पुर्जी जारी भएपछि साँझ पक्राउ गरिएको र भोलि म्याद थपका लागि अदालतमा लगिने उनले बताए ।
वातावरणविद् पाँडे २०७९ साल भदौमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए । उनी रास्वपा सरकारमा रहेको बेलामा २०८० सालमा राष्ट्रिय योजना आयोगको सदस्य समेत बनेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4