+
+
Shares

अपडेट : काठमाडौं–मुग्लिङ सडकखण्ड खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १२ गते ८:३९

१२ भदौ, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिकाको सातकिलो भन्ने ठाउँमा खसेको पहिरो पन्छाएपछि काठमाडौं–मुग्लिङ सडकखण्ड दुईतर्फी नै खुलेको छ ।

आज बिहान करिब साढे तीन बजेतिर खसेको पहिरोले अवरुद्ध भएको सडक आज बिहान करिब ७:५० बजेदेखि दुईतर्फी खुलेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सुवास हमालले जानकारी दिए ।

बाटो खुले पनि सडकमा सवारी साधनको चाप छ । रातिदेखि नै सडक खुल्ने र बन्द हुने गरेकाले सयौं सवारीसाधनहरु बीचबाटोमै रोकिएका थिए ।

ती सवारी साधनहरुलाई ट्राफिक प्रहरीको सहयोगमा गन्तव्यमा पठाउने काम भइरहेको छ । सडकमा हतार नगरी ट्राफिक नियम पालना गरेर सवारी चलाउन चालकहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?