+
+
Shares

कुकुर बचाउन खोज्दा एक युवा सुनकोशीमा बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १२ गते १३:०४
दर्जीको उद्धारका लागि खटिएको सुरक्षााकर्मीको टोली ।

१२ भदौ, काभ्रेपलाञ्चोक । भुम्लु गाउँपालिका-८ दुलालेश्वर मन्दिर नजिकै सुनकोशी नदीमा एक जना युवक बेपत्ता भएका छन्  ।

सुनकोशी नदीले भुम्लु गाउँपालिका-१ रिठ्ठेका २३ वर्षीय महेश दर्जीलाई बगाएको सशस्त्र प्रहरी १५ नं‍‍.  गण काभ्रेका प्रमुख माधव रेग्मीले जानकारी दिए ।

आफैंले पालेको कुकुर नदीमा हाम फालेको र त्यसलाई बचाउन जाँदा दर्जीलाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी कोमल शाहले जानकारी दिए ।

सशस्त्र प्रहरी १५ न‌ं. गणका प्रमुख रेग्मीका अनुसार दर्जीको खोजीको लागि सशस्त्र प्रहरी निरीक्षक विनोद थापाको कमाण्डमा ११ जना र नं १६ गण बाट सशस्त्र प्रहरी सहायक निरीक्षक आदर्शकुमार शाहको कमाण्डमा ११ जना उद्धार टोली खटिएको छ ।

त्यस्तै दर्जीको खोजीको लागि प्रहरी निरीक्षक प्रशान्त तमाङको नेतृत्वमा पनि टोली खटिएको एसपी कोमल शाहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?