
१२ भदौ, काठमाडौं । भौतिक पुर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दहालले नेपालको अर्थतन्त्र बलियो पार्न सहकारी क्षेत्र बलियो हुनुपर्ने बताएका छन् ।
झापा दमकस्थित मेची बहुउद्देश्यीय सहकारी सस्थाको ३१ औं साधारणसभामा उनले केही व्यक्तिको गलत कामको दोष सिंगो सहकारी क्षेत्रलाई दिन नहुने बताए ।
राज्यले तीन खम्बे आर्थिक नीति अवलम्बन गरेको भन्दै उनले सहकारी एक महत्वपूर्ण खम्बा रहेको बताए । अर्थतन्त्रको एक महँत्वपूर्ण खम्बालाई कमजोर छाडेर सबल अर्थतन्त्र निर्माण गर्न नसकिने मन्त्री दाहालको भनाइ छ ।
पछिल्लो समय विभिन्न सहकारी संस्थामार्फत ठगिएकालाई न्याय दिलाउनु र सहकारी क्षेत्रमा बलियो नियमन र प्रोत्साहन जरुरी रहेको उनले बताए ।
१७ हजारभन्दा बढी सदस्य रहेको उक्त सहकारीले गत आर्थिक वर्ष २०८१/८२ मा मात्र २ करोड ७४ लाख रुपैयाँ कर मात्र तिरेको संस्थाका प्रमुख कार्यकारी खोमप्रसाद बगालेले बताए ।
प्रतिक्रिया 4