
१२ भदौं काठमाडौं। विश्वभर छरिएका नेपाली भाषीहरुको संगठन एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) को नेपाल च्याप्टर गठन भएको छ।
गत वर्ष विश्वका ३२ वटा देशमा रहेका नेपालीहरुको थाइल्याण्डमा भएको सम्मेलनले डिल्ली अधिकारीको अध्यक्षतामा एएनओ गठन गरेको थियो। यसको शाखा विस्तार गर्ने क्रममा यसवर्ष नेपाल च्याप्टर पनि गठन भएको हो।
पूर्वउपरथी कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा गठिन १३ सदस्यीय एएनओ नेपाल च्याप्टरको उपाध्यक्षमा राजेन्द्र अधिकारी, महासचिव फूलमान बल, सचिव कृष्ण प्रसाद ओडारी तथा कोषाध्यक्षमा यमुना पराजुली अधिकारी छन्।
साथै सदस्यहरुमा गिता गुरूङ, डा. सुशीला नेपाली, रञ्जन विडारी, कृष्ण विक, रविता तामाङ, सुनिल थापा र दिक्षा चपाई च भएका छन्।
नेपाल च्याप्टर गठनका क्रममा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विश्वभर छरिएर रहेका नेपालीहरुलाई नेपलामा आएर लगानी गर्न आह्वान गरेका थिए।
सम्मेलनको उद्घाटन सत्रमा सांस्कृतिक राष्ट्रियतालाई जोड्न पनि एएनओको भूमिका रहेको भन्दै अर्थमन्त्री पौडेलले यस्ता कार्यक्रमहरु आदानप्रदान हुन आवश्यक रहेको समेत बताउएइका थिए।
कार्यक्रममा एएनओका केन्द्रीय अध्यक्ष डिल्ली अधिकारीले नेपालीहरुको सुनौलो भविष्य निर्माणमा सहयोग पुगोस भन्ने उद्देश्यले विश्वका ३२ वटा देशमा रहेका नेपालीहरुको सहभागितामा संस्था गठन गरेको जानकारी दिए।
कार्यक्रममा महासचिव चुडामणि भट्टराईले एनएओ गठनको उद्देश्यबारे धारणा राखेका थिए ।
प्रतिक्रिया 4