+
+
Shares

आदिवासी महिलाको भूमि अधिकार खोसिँदै गएकोमा सरोकारवालाद्वारा चिन्ता व्यक्त

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १४ गते १४:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फोकस फर इन्डिजिनियस गर्ल्सले आदिवासी भूमिमाथि अतिक्रमण बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै भूमिको संरक्षण आवश्यक ठानेको छ।
  • अध्यक्ष सवनम लामाले बोझेनी आन्दोलनलाई एक वर्षदेखि स्थलगत अध्ययन गर्दै आएको जानकारी गराएकी छिन्।
  • आदिवासी महिला अधिकार र संस्कृतिको संरक्षणका लागि भूमि अधिकार सुरक्षित गर्न आदिवासी आयोग र मानवशास्त्रीले जोड दिएका छन्।

१४ भदौ, ललितपुर। आधुनिक विकासको नाउँमा आदिवासी भूमिमाथि अतिक्रमण बढ्दै गएकोमा अभियन्ताहरूले चिन्ता व्यक्त गरेका छन् ।

फोकस फर इन्डिजिनियस गर्ल्स (फिग) ले शनिबार आयोजना गरेको छलफलमा बोल्दै आदिवासी समुदायका अभियन्ताहरूले यस्तो चिन्ता व्यक्त गरेका हुन्।

काठमाडौँको शंखरापुर बोझेनीका तामाङ समुदायले अपर तामाकोसी हाइड्रोपावरको सबस्टेशन निर्माण गर्दा ती समुदायले पुर्ख्यौली भूमि माथि महिलाको स्वामित्व, भूमिसँग जोडिएका सभ्यता, संस्कृति समेत लोप हुँदै गएको टिप्पणी गरे।

फिगले बोझेनीको सङ्घर्षलाई १ वर्षदेखि स्थलगत अध्ययन गर्दै आएको अध्यक्ष सवनम लामाले जानकारी गराइन् ।

‘भूमि र माटोबारे जानकारी नभई पहिचानलाई पूर्णरूपमा आत्मसात गर्न सकिँदैन’

‘भूमि अधिकार: आदिवादी महिला तथा किशोरीको एक समसामयिक मुद्दा’ शीर्षक माथि आयोजित छलफलको उद्देश्यबारे प्रष्टपार्दै फिग अध्यक्ष लामाले बताइन्। छलफल कार्यक्रमका संयोजक एवम् फिग उपाध्यक्ष अकिना सिंह सुवालले भूमिको महत्वबारे आदिवासी समुदायको नयाँ पुस्तालाई जोड्न छलफल कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

उनले बोझेनी आन्दोलनलाई एक वर्षदेखि नजिकबाट अध्ययन गर्दै आएको उल्लेख गर्दै, महिलाहरूले भूमिको रक्षा गर्न गरेको प्रतिरोध नै छलफल आयोजनाको आधार भएको बताइन्।

कार्यक्रममा लेखक कैलाश राई, बोझेनीकी दिलमाया तामाङ र सुनकोसी परियोजनाबाट प्रभावित समुदायकी ममता माझीले मुख्य वक्ताका रूपमा आ–आफ्ना धारणा राखे । वक्ताहरूले भूमि अतिक्रमणले महिलाको अधिकार मात्र नभई संस्कृतिको समेत क्षति पुगेको जनाए।

आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा र मानव शास्त्री डा. मुक्त सिंह तामाङले भूमि अधिकार सुरक्षित नगरी महिलाको सशक्तीकरण सम्भव नहुनेमा जोड दिए ।
यसै गरी, नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले फिगको अभियानलाई साथ दिने प्रतिबद्धता जनाए।

फिगले गत वर्षदेखि बोझेनी आन्दोलनबारे स्थलगत अध्ययन गर्दै फोटो र भिडियो सामग्री सङ्कलन गरेको छ, जसलाई ‘ह्युलसा साप्राला ह्याङ’ नामक प्रदर्शनीमार्फत सार्वजनिक गरिएको थियो।

छलफलले आदिवासी महिलाको अधिकार रक्षा गर्न भूमि संरक्षणलाई अपरिहार्य मान्दै, नयाँ पुस्तालाई आफ्नै थातथलो र पहिचानसँग जोड्ने संदेश दिएको छ। आयोजकहरूले कार्यक्रमको प्रारम्भमा नेवाः समुदायका पुर्खाहरूको स्मरण गरेका थिए।

ललितपुरको धोविघाटमा आयोजित उक्त छलफल कार्यक्रम नेवाः भूमिमा आयोजना गरिएको भन्दै आयोजकहरूले भूमिको संरक्षण गर्ने पुर्खाहरूलाई सम्झनुपर्ने बताएका ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?