News Summary
Generated by OK AI. Editorially reviewed.- बार्सिलोनाले स्पानिस ला लिगामा रायो भालेकानोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ ।
- लामिन यामलले ४०औं मिनेटमा पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
- फ्रान्क पेरेजले ६७औं मिनेटमा रायोका लागि बराबरी गोल फर्काए ।
१६ भदौ, काठमाडौं । साविक विजेता बार्सिलोनाले स्पानिस ला लिगामा रायो भालेकानोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । लामिन यामलको गोलमा सुरुवाती अग्रता लिएपनि बार्सिलोनाले त्यसलाई जोगाउन सकेन र अंक बाँड्न बाध्य भयो ।
रायो भालेकानोको मैदानमा भएको खेलमा लामिन यामलले ४०औं मिनेटमा पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । रायोका पेप चाभारियाले यामललाई फल गरेपछि यामलले आफैँ पेनाल्टी प्रहार गरेका थिए ।
तर दोस्रो हाफमा घरेलु टोली खेलमा फर्कियो ।
वैकल्पिक खेलाडीको रुपमा मैदान फ्रवेश गरेका फ्रान्क पेरेजले ६७औं मिनेटमा रायोका लागि बराबरी गोल फर्काए ।
बार्सिलोनाका लागि गोलकिपर जोअन गार्सयाले पनि केहि उत्कृष्ट बचाउ गरे ।
खेलमा भिडियो असिस्टेन्ट रिभ्यु (भिएआर) ले राम्रोसँग काम नगर्दा पनि विवाद बढेको थियो । पहिलो हाफमा भिउआरले काम नगर्दा यामलको फलको विषयमा कुनै रिभ्यु हुन पाएन ।
रायो विरुद्ध बराबरीपछि बार्सिलोनाले यस सिजन पहिलो पटक अंक गुमाएको छ ।
बार्सिलोना ३ खेलबाट ७ अंकसहित चौथो स्थानमा छ । समान खेलबाट ४ अंकसहित रायो भालेकानो दशौँ स्थानमा छ ।
रियल मड्रिड र एथ्लेटिक विल्वाओले मात्र यस सिजन खेलेको सबै ३ खेल जित्दै शतप्रतिशत नतिजा निकालेको छ ।
प्रतिक्रिया 4