+

रोमानियाकी एनामारिया बेरडिल्ला पाेखरा निन्जाजमा आबद्व

२०८२ भदौ  १६ गते २१:०७ २०८२ भदौ १६ गते २१:०७
रोमानियाकी एनामारिया बेरडिल्ला पाेखरा निन्जाजमा आबद्व

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाेखरा निन्जाजले वात्सल्य एभरेस्ट महिला भलिबल लिग दोस्रो संस्करणका लागि रोमानियाकी ३२ वर्षिया आउटसाइड हिटर एनामारिया बेरडिल्ला भित्र्याएकाे छ।
  • एनामारिया बेरडिल्लाले रोमानियाली यु-१८, यु-२०, राष्ट्रिय टोली र विभिन्न अन्तर्राष्ट्रिय लिगहरूमा खेलिसकेकी छन्।
  • एभरेष्ट महिला भलिबल लिग दोस्रो संस्करण आगामी भदाै २० देखि २८ गतेसम्म पोखरामा हुनेछ।

१६ भदौ, काठमाडौं । वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी)को दोस्रो संस्करणका लागि पाेखरा निन्जाजले राेमानियाकी ३२ वर्षिया आउटसाइड हिटर एनामारिया बेरडिल्ला भित्र्याएकाे छ।

उनले रोमानियाली यु-१८ , यु-२० र राष्ट्रिय टोलीबाट पनि खेलिसकेकी छन्। यसैगरी रोमानियाकाे सिनियर टिम बाट पनि खेलेकाे अनुभव उनीसँग रहेकाे छ।

राष्ट्रिय टोली, रोमानियाली लिग, रोमानियन कप, च्याम्पियन्स लिग, सीईभी कप, अजरबैया सुपरलिग, साइप्रस लिग र साइप्रस कप पनि उनले खेलेकी छन्।

सर्वियाकी ३१ वर्षीया आउटसाइड हिटर ल्युबिका केकमान अकस्मात स्वदेश फर्किएपछि उनको स्थानमा बेरडिल्ला टिममा आबद्व भएकी हुन्।

उनलाई पाेखरा नेन्जाजकाे टिममा अनुबन्ध गर्न पाउँदा टिम धेरै उत्साहित रहेको बताउँदै उनले खेल नियन्त्रण गरेर खेल्ने र टिमलाई जिताउन सक्नेमा विश्वसत रहेकाे पोखराले जनाएको छ।

एभरेष्ट महिला भलिबल लिगको हिस्सा हुन पाउँदा एनामारिया बेरडिल्लाले आफू निकै हर्षित भएको बताएकी छन्। पाेखरा निन्जाजलाई एभरेष्ट महिला भलिबल लिगको उपाधि जिताउन अर्थपूर्ण योगदान पुऱ्याउने उनकाे लक्ष्य रहेको छ।

उनकाे आगमनसँगै पाेखरा निन्जाजकाे पुरै टिम सेट भएकाे छ। करिब १० दिन काठमाडौंमा तयारी गरेर टिम पाेखरा गइसकेकाे छ।

इन्फिनिटी ड्रिम्सको आयोजनामा वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी)को दोस्रो संस्करण आगामी भदाै २० देखि २८ गतेसम्म पोखरामा हुनेछ ।

एभरेष्ट महिला भलिबल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय