
१७ भदौ, काठमाडौं। न्याय परिषद्ले ६ जना जिल्ला न्यायाधीश नियुक्त गरेको गरेको छ ।
मंगलबार बसेको न्याय परिषद्को बैठकले उक्त निर्णय गरेको न्याय परिषद्का सूचना अधिकारी सुमन पाण्डेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्ति अनुसार नियुक्ति हुनेहरूमा काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता गोकुलबहादुर निरौला, प्रशासकीय अदालतका उपरजिस्ट्रार अरुणकुमार कोइराला,रोल्पा जिल्ला अदालतका स्रेस्तेदार कुलप्रसाद दाहाल, सर्वोच्च अदालतका इजलास अधिकृत सूर्यप्रसाद भण्डारी र उपरजिस्ट्रार अनुपमा पन्त तथा कानुन मन्त्रालयका उपसचिव विश्वदीप बेस्रा (सन्थाल) रहेका छन्। ती मध्ये बेस्रा सन्थाल जातिबाट न्यायाधीश बनेका छन् ।
गोकुलबहादुर निरौलालाई कैलाली जिल्ला अदालत, अरूण कुमार कोइरालालाई डडेल्धुरा जिल्ला अदालत, कुल प्रसाद दाहाललाई कालिकोट जिल्ला अदालत, सूर्यप्रसाद भण्डारीलाई कञ्चनपुर जिल्ला अदालत, अनुपमा पन्तलाई धनुषा जिल्ला अदालत र विश्वदीप बेस्रालाई रौतहट जिल्ला अदालतमा न्यायाधीशको नियुक्त गरिएको न्याय षरिषद्ले जनाएको छ ।
न्यायाधीशमा सिफारिस हुने सबै सबै न्याय सेवाका कर्मचारीहरू रहेका छन् ।
जिल्ला अदालतमा हाल २७ न्यायाधीशका पद रिक्त छन्। तीमध्ये २१ जना न्याय सेवा आयोग (लोक सेवा आयोगमार्फत) खुला प्रतिस्पर्धाबाट नियुक्त हुनेछन्।
हेर्नुहोस् न्याय परिषदको विज्ञप्ति :
प्रतिक्रिया 4