+
+
Shares

बसको टिकट जसरी नागरिकता दिन हुँदैन : सुवाल

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १८ गते १७:४४

१८ भदौ, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बसको टिकट जसरी देशको नागरिकता दिन नहुने बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुवालले नागरिकता सम्बन्धि विधेयकको दोस्रो संसोधनले राम्रो मात्रै होला भन्न नसकिने बताएका हुन ्।

खुला सीमाना भएको देश नेपालमा जन्मको आधारमा मात्र नागरिकता दिनुपर्ने विषयमा उनले जोड दिए । देशको खुला सीमानाको समस्या समाधान नगरेसम्म नागरिकता सम्बन्धि समस्या समाधान नहुने उनको भनाइ थियो । गैरआवसीय नेपाली नागरीकताको बारेमा पुनारावलोकन गर्नुपर्ने सांसद सुवालको भनाइ थियो ।

‘नेपालको नागरिकता बस र सिनेमाको टिकट जस्तै जो सुकैलाई सजिलै दिन हुँदैन,’ सांसद सुवालले भनिन्, ‘नेपालका आन्दोलनलाई भारतीय शासक वर्गको सहयोग भएको भन्दैमा खुला सीमाना भएको देशमा जन्मको आधारमा नेपाली नागरीकता दिनुपर्ने कानुन चाहिन्छ ।’

सांसद सुवालले व्यवस्थापिका, न्यायपालिका, कार्यपालिका र उद्योग व्यापारसमेतका लागि वंशजका आधारमा नेपाली नागरिकता आवश्यक हुने व्यवस्था गर्नुपर्नेे जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?