+
+
Shares

प्रधानमन्त्रीलाई सुवालको प्रश्न- चीनमा मोदीलाई भेट्दा लिपुलेकबारे प्रश्न गर्नुभयो ?

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १८ गते १५:४०

१८ भदौ, काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा केही प्रश्न नगरेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले चीनमा राष्ट्रपति सि चिनफिङको रात्री भोजमा नेपालका प्रधानमन्त्री ओलीसँग भारतीय समकक्षी नरेन्द्र मोदीको भेट भएको स्मरण गरे ।

‘…रात्री भोजमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय समकक्षी नरेन्द्र मोदीले उभिँदा उभिँदै भेट गर्नुभयो । यसलाई प्रधानमन्त्री मोदीले तस्वीरसहित नेपालसँग गहिरो र विशेष सम्बन्ध रहेको बताउनुभयो,’ सुवालले भने ।

यहीँनेर प्रधानमन्त्री ओलीलाई कटाक्ष गर्दै सांसद सुवालले नरेन्द्र मोदीलाई भेट्दा लिपुलेकबारे प्रश्न गर्नुभयो ? भनेर प्रधानमन्त्री ओलीलाई कटाक्ष गरेका हुन् ।

‘प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाली भूमि लिपुलेक, कालापानी, लिम्पियाधुरामा हस्तक्षेप किन भयो भनेर विरोध नगर्नुभएकोले भारतीय प्रधानमन्त्री मोदीले व्यङ्ग्य हो कि !,’ सांसद सुवालले भने ।

भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनसँग व्यापार गर्ने सहमति गरेको छ । यसबारे नेपालका प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई प्रत्यक्ष भेटमा असहमति जनाउनुपर्ने थियो भन्ने उनको आग्रह छ ।

साथै, ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जिएसआई) प्रस्तावमा नेपाल समर्थन गरेको भन्ने विषय सार्वजनिक भएको पनि उनले स्मरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?