+
+
Shares

संसद् बैठकमा प्रधानमन्त्रीको उपस्थिति अनिवार्य गरियोस्

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १८ गते १३:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामु लामाले संसद् बैठकमा प्रधानमन्त्रीको उपस्थिति अनिवार्य गर्न माग गरिन्।
  • उनीले कर्णाली क्षेत्रलाई आवश्यक बजेट नदिएकोमा असन्तुष्टि जनाइन्।
  • सदनमा उठेका कर्णाली विषय प्रधानमन्त्रीले सुन्नुपर्ने र त्यसका लागि उपस्थिति अनिवार्य हुनुपर्ने उनले भनिन्।

१८ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामु लामा (तामाङ)ले संसद् बैठकमा प्रधानमन्त्रीको उपस्थिति अनिवार्य गर्न माग गरेकी छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् । ‘अब सदनको हरेक बैठकमा प्रधानमन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने व्यवस्था गरियोस्,’ उनले भनिन् ।

सरकारले कर्णाली क्षेत्रलाई आवश्यक बजेट विनियोजन नगरेको भनेर समेत असन्तुष्टि जनाइन् ।

कर्णालीका विषयमा सदनमा उठेको विषय प्रधानमन्त्रीले सुन्नुपर्ने र यसका लागि सदनको बैठकमा प्रधानमन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने उनको आग्रह रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?