+
+
Shares

विश्वप्रसिद्ध सेलो वादकले कभर गरे ‘रुकुम मैकोट’

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १८ गते १८:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टू सेलोसका स्टेपन हाउसरले नेपाली गीत रुकुम मैकोटको सेलो कभर गरेका छन्।
  • हाउसरले आफ्नो सामाजिक सञ्जालमा छोटो कभर भिडिओ शेयर गरेका छन्।
  • रुकुम मैकोट युट्युबमा सबैभन्दा छिटो १० करोड भ्युज पाउने पहिलो नेपाली गीत बनेको थियो।

टू सेलोस (2CELLOS) नामक साँगीतिक समूहका स्टेपन हाउसरले नेपाली गीत रुकुम मैकोटको सेलो कभर गरेका छन् । क्रोएसियाका विश्व प्रशिद्व सेलोवादक हाउसरले ‘खुस्मा’ फिल्ममा समावेश पार्श्वगीत ‘रुकुम मैकोट’को सेलो कभर गरेका हुन् ।

हाउसरले कभर भिडिओ छोटो बनाएका छन् । जसलाई उनले आफ्नो विभिन्न सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

हाउसरले टू सेलोसको सदस्यको रूपमा संसारभरका धेरै ठूला कन्सर्ट स्थलहरूमा प्रस्तुति दिएका छन् । ती मध्ये केही मुख्य स्थलहरूमा लन्डनको रोयल अल्बर्ट हल, न्यूयोर्कको म्याडिसन स्क्वायर गार्डेन र सिड्नीको सिड्नी ओपेरा हाउस जस्ता प्रसिद्ध स्थानहरू पर्छन्।

हाल भने उनी सोलो संगीतमा लागेका छन् ।

एसडी योगीद्वारा संगीतबद्ध रुकुम मैकोट रिलिजताका युट्युबमा सबैभन्दा छिटो १० करोड भ्युज पाउने पहिलो नेपाली गीत बनेको थियो । त्यससँगै निकै लामो समय रुकुम मैकोट युट्युबको ग्लोबल ट्रेन्ड्रिङमा परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?