+
+
Shares

‘रुकुम मैकोट’ गीतको युट्युब भ्यूज १५ करोड नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३१ गते १२:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'खुस्मा'को गीत 'रुकुम मैकोट'ले युट्युबमा १५ करोड भ्यूज नाघेको छ।
  • यो गीतले २०८१ माघ २४ गते सबैभन्दा छिटो १० करोड भ्यूज पाउने नेपाली गीतको रेकर्ड राखेको थियो।
  • एसडी योगीको संगीत, योगी र शान्तिश्री परियारको आवाज र सुरेन्द्र रानाको शब्द रहेको यो गीत लोकलय र मनछुने शब्दका कारण लोकप्रिय छ।

काठमाडौं । फिल्म ‘खुस्मा’को चर्चित गीत ‘रुकुम मैकोट’को लोकप्रियता अझै रोकिएको छैन । युट्युबमा रिलिज भएको १ वर्ष बितिसक्दा पनि युट्युबमा यसले लोभलाग्दो भ्यूज प्राप्त गरिरहेको छ ।

यो समाचार लेख्दासम्म यो गीतको युट्युब भ्यूज १५ करोड नाघेको छ । २०८१ माघ २४ गते यो गीतले सबैभन्दा छिटो १० करोड भ्यूज पाउने नेपाली गीतको रेकर्ड राखेको थियो ।

यो गीतले डेढमहिनासम्म युट्युबको ग्लोबल ट्रेन्डिङमा पर्ने नेपाली गीतको समेत रेकर्ड राखेको थियो । सम्भवतः यो गीत सर्वाधिक टिकटक भिडियो निर्माण हुने नेपाली गीत बनेको अनुमान छ ।

यो गीतमा एसडी योगीको संगीत, योगी र शान्तिश्री परियारको आवाज र सुरेन्द्र रानाको शब्द छन् । लोकलय र मनछुने शब्दको कारण यो गीतलाई धेरैले रुचाए ।

गीतमा धीरज मगर र उपासनासिंह ठकुरीले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?