
News Summary
Generated by OK AI. Editorially reviewed.- कथानक फिल्म ‘द प्रोफेस्नल गाइज’ को शीर्षक घोषणा गरिएको छ र प्रदर्शन मिति आगामी दिनमा सार्वजनिक गरिने निर्माण पक्षले बताएको छ।
- फिल्मको शीर्षक घोषणा अस्कर इन्टरनेसनल कलेजको साधना घर थिएटरमा गरिएको थियो जहाँ निर्देशक, निर्माता, कलाकार र सञ्चारकर्मी सहभागी थिए।
- मार्टिन भण्डारी र डार्विन श्रेष्ठले पटकथा लेखन र निर्देशन गरेका छन् भने अमन श्रेष्ठ सह-लेखक एवं सिर्जनात्मक निर्देशक हुन्।
काठमाडौं । कथानक फिल्म ‘द प्रोफेस्नल गाइज’ प्रदर्शनमा आउने भएको छ । निर्माता कम्पनी टाइटल जेकेएस इन्टरटेन्मेन्टले फिल्मको शीर्षक घोषणा गर्दै रिलिजबारे जनाएको हो ।
अस्कर इन्टरनेसनल कलेजको साधना घर थिएटरमा यो फिल्मको शीर्षक घोषणा गरिएको थियो । सो अवसरमा फिल्मसँग सम्बन्धित निर्देशक, निर्माता, कलाकार, प्राविधिक, सञ्चारकर्मी सहभागी थिए ।
पटकथा लेखन र निर्देशनमा मार्टिन भण्डारी र डार्विन श्रेष्ठ छन् । यो सिनेमाको सह-लेखक एवं सिर्जनात्मक निर्देशकमा अमन श्रेष्ठ छन् ।
प्रदर्शन मिति, जनरा, कलाकार लगायत सिनेमासँग सम्बन्धित कौतुहलता आगामी दिनमा खुलाउँदै जाने निर्माण पक्षले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4