+
+
Shares

गायक शिव परियार सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको समर्थनमा किन उभिए ?

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १९ गते १६:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चर्चित गायक शिव परियारले सूचीकृत नभएका सामाजिक सञ्जाललाई निष्क्रिय तुल्याउने सरकारको निर्णयलाई समर्थन गरेका छन्।
  • उनले सामाजिक सञ्जाल नेपालमा वैधानिक रूपमा दर्ता हुनु अत्यन्तै जरुरी रहेको बताए।
  • उनले फेसबुकमा \'कहाँ जालास् मछली मेरै ढडिया\' भन्दै सरकारको कदमकाे समर्थन गरेका छन्।

काठमाडौं । चर्चित गायक शिव परियारले सूचीकृत नभएका सामाजिक सञ्जाललाई निष्क्रिय तुल्याउने सरकारको निर्णयलाई समर्थन गरेका छन् ।

सामाजिक सञ्जाल नेपालमा वैधानिक रूपमा दर्ता हुनु अत्यन्तै जरुरी रहेको उनको धारणा छ ।

उनी लेख्छन्, ‘ सामाजिक सञ्जालमा देखिएको अराजकता, उद्दन्डता, अनुशासनहीनता जस्ता संवेदनहीनता कुरालाई सहज रुपमा कारबाहीको दायरामा ल्याउन तथा नियमन गर्नका लागि पनि सामाजिक सञ्जाल नेपालमा वैधानिक तवरमा दर्ता हुनु एकदम आवश्यक देखेको छु । नियमन हुनै पर्दछ , नेपालमा दर्ता आवश्यक छ । नेपाल सरकारको कदमलाई समर्थन गर्दछु ।’

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको कदमलाई लिएर सेलिब्रेटीले मिश्रित प्रतिक्रिया दिइरहेका छन् ।

उनले बन्द हुने सामाजिक सञ्जालमा दर्ता हुन आउने विश्वास आफूले लिएको पनि बताएका छन् । ‘कहाँ जालास् मछली मेरै ढडिया’ उनले फेसबुकमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?