
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले अदालतको आदेशको बहानामा सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक भएको बताएका छन्।
- कोइरालाले जनचाहना र आफ्नै प्रतिवद्धता अनुरुप काम गर्न नसकेपछि आलोचना खेप्न बाध्य भएको सरकारले सामाजिक सञ्जाल बन्द गर्न लागेको आरोप लगाए।
- उनले सरकारको निर्णयले नेपालीको रोजिरोटी खोसिने भन्दै तुरून्त सच्याउन र सामाजिक सञ्जाल नियमन गर्न आग्रह गर्नुभयो।
१९ भदौ, काठमाडौं। नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले सरकारले अदालतको आदेशको बहानामा सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक भएको बताएका छन् ।
सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आपत्ति जनाएका हुन् ।
नेता कोइरालाले जनचाहना र आफ्नै प्रतिवद्धता अनुरुप काम गर्न नसकेपछि आलोचना खेप्न बाध्य भएको सरकारले फेसबुकलगायतका सामाजिक सञ्जाल बन्द गर्न लागेको आरोपसमेत लगाए।
उनले लेखेका छन्, ‘जनचाहाना र आफ्नै प्रतिवद्धता अनुरुप काम गर्न नसकेपछि आलोचना खेप्न बाध्य भएको सरकारले अदालतको आदेशको बहानामा सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक छ ।’
सरकारको यो निर्णयले नेपालीको रोजिरोटी समेत खोसिन भन्दै सरकारलाई प्रश्न गरेका छन् । ‘यस निर्णयका कारण कति नेपालीको रोजिरोटी समेत खोसिन्छ, यो सरकारले अन्दाज लगाउन सक्छ ?’ कोइरालाले प्रश्न गरे ।
उनले सरकारको उक्त निर्णय तुरून्त सच्याउन र सामाजिक सञ्जाललाई मर्यादित गर्ने गरी नियमन गर्न आग्रह गरेका छन् ।
प्रतिक्रिया 4